राशिफल

प्रदेश १ मा नवनियुक्त आठ मन्त्रीले लिए शपथ

 न्यूज विराट
प्रदेश १ मा नवनियुक्त आठ मन्त्रीले लिए शपथ

विराटनगर, २३ माघ । प्रदेश १ का नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबण्डामा सहमति जुटेसँगै आइतबार बिहान मुख्यमन्त्री राईले आठ जनालाई मन्त्रीमा नियुक्त गरेका विस्तार गरेका थिए ।

कांग्रेसबाट शेखरचन्द्र थावालाई वन, वातावरण तथा भूसंरक्षणमन्त्री, ओमप्रकाश सरावगीलाई  उद्योग, श्रम तथा रोजगारमन्त्री र प्रकाशप्रताप हाङ्गाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त भएका छन् । यस्तै माओवादी केन्द्रका संसदीय दलका उपनेता रामकुमार राई सिँचाइ तथा उर्जामन्त्री र प्रमुख सचेतक झलकबहादुर मगरलाई कृषिमन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री राईले  एकीकृत समाजवादीका सांसद राजन राईलाई सामाजिक विकासमन्त्री, खिनु लङ्वा लिम्बुलाई पर्यटन तथा संस्कृतिमन्त्री र उपेन्द्र घिमिरेलाई सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा नियुक्त गरेका छन् ।

यसअघि १६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर मन्त्रिपरिषद्को आकार बढाउने निर्णय गरेको थियो । प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस, मओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् ।

१५ कात्तिकमा एमालेका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि १६ कात्तिकमा राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...