ट्रक व्यवसायी संघमा चुनाव नगराउने षड्यन्त्र, उच्च अदालतले दियो अल्पकालीन आदेश

 न्यूज विराट
ट्रक व्यवसायी संघमा चुनाव नगराउने षड्यन्त्र, उच्च अदालतले दियो अल्पकालीन आदेश

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघलाई साधारण सभा तत्काललाई नगर्नु नगराउनु भनी उच्च अदालत विराटनगरले संघका नाउँमा अल्पकालीन आदेश जारी गरेको छ ।
निवेदक मेघराज सिग्देल सहितले उच्च अदालत विराटनगरमा विपक्षी विराटनगर ट्रक व्यवसायी संघका विरुद्धमा निषेधाज्ञायुक्त उत्प्रेषण परमादेशका लागि दायर गरेको मुद्दामा उच्च अदालतका न्यायाधीश जगतनारायण प्रधानको एकल इजलासले साधारणसभा रोक्न अल्पकालीन अन्तरिम आदेश बिहीबार दिएको हो ।

२०७६ साल पुस २७ गते गठन भएको विराटनगर ट्रक व्यवसायी संघको वर्तमान कार्यसमितिको कार्यकाल २०७८ साल पुस २६ गते समाप्त भैसकेकोमा सो कार्यसमितिको कार्यकाल नौ महिना वितिसक्दा पनि अधिवेशन बोलाई नयाँ कार्यसमितिको निर्वाचन गराउने सुरसार गरिएको छैन । वर्तमान कार्यसमिति अवैधानिक हो भन्दै विधान अनुसार नयाँ निर्वाचन गराउन माग गर्दा पनि अध्यक्ष लक्ष्मी प्रसाईले बेवास्ता गरी आगामी शनिबार साधारणसभा बोलाएपछि साधारण सदस्यहरू वर्तमान कार्यसमितिका विरुद्धमा उभिएका हुन् ।

संघका पूर्व अध्यक्ष विनोद खड्कासहित कार्यसमितिका ६ जना सदस्यहरू र दुई जना सल्लाहकारहरू समेतले गत साउन २२ गते जिल्ला प्रशासन कार्यालय मोरङमा अधिवेशन गराउन निर्देशन दिन निवेदन दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालयले कार्यसमितिको राय मागेकोमा विधान विपरीत संघका अध्यक्ष लक्ष्मी प्रसाईंले पठाएको राय अनुसार जिल्ला प्रशासन कार्यालयले पनि गलत आदेश दिएको थियो ।
दुई तिहाई सदस्यहरूले अधिवेशनको माग गर्दा पनि अधिवेशन नगरी साधारण सभा मात्र गर्ने निर्णय गरेपछि संघका पूर्व अध्यक्ष एवं पदाधिकारीहरूसहित सदस्यहरूले अधिवेशनको माग गर्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका हुन् । अदालतले दुवै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको छ । वर्तमान कार्यसमितिका अध्यक्ष लक्ष्मी प्रसाईका विरुद्धमा निवर्तमान अध्यक्ष , उपाध्यक्ष , महासचिव , सचिव , कोषाध्यक्ष र ६ जना सदस्यहरू छन् र पनि अध्यक्ष प्रसाईले एकल निर्णयले पेलेर आफूखुसी काम गर्दै आएको कार्यसमितिको पदाधिकारीहरू बताउँछन् ।

सम्बन्धित समाचार

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो : नेपाल चेम्वर अफ कमर्श

विराटनगर, १३ जेठ । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक...

अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर । नेपाल नर्सिङ संघ मोरङले सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। विराटनगरमा सोमबार विविद्य कार्यक्रम आयोजना गरी नर्सिङ दिवस मनाएको हो ।कोशी अस्पतालबाट सुरु भएको प्रभातफेरीले सिडिओ अफिस चोक, गोल्छा चोक,...

१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ जेठ-बिहीबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । आज १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका...

विराटनगरमा टेवल टेनिस प्रतियोगिता

विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो ।...

थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, ८ फागुन । नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको नमूना परीक्षण गर्दा थप २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी...

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक...

प्रदेश १ मा शुक्रबार ६७ संक्रमित थपिए

विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्