विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो : नेपाल चेम्वर अफ कमर्श

 न्यूज विराट
विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो : नेपाल चेम्वर अफ कमर्श

विराटनगर, १३ जेठ । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो रहेको बताएको हो ।

चेम्वर अफ कमर्शका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले अवधारणा राम्रो भएपनि चुनौतिपूण रहेको बताउनुभयो । उहाँले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’बारे लक्षित वर्ग समक्ष जानकारी दिन आवस्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ स्वास्थ्य वीमा पनि लक्षित वर्गमा पुग्न सकेन ।’ स्वास्थ्य वीमाको लाभ हुनेखानेहरुले मात्र लिईरहेको बताउनुभयो । उहाँलाई मन्त्री राईलाई सूचीकरण गरेर कार्यक्रम गर्दा राम्रो हुने सुझाव दिनुभयो । अध्यक्ष श्रेष्ठले कार्यक्रमको प्रचार प्रसारका लागि सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

चेम्वर अफ कमर्श विराटनगरका कार्यवहाक अध्यक्ष सुरेन्द्र गोल्छाले विपन्न वर्गले थाहा पाउने गरिको एप्स निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एप्स निर्माणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रम राम्रो रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले स्थानीय उद्योगलाई पनि प्रर्वद्धन . विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको सामाजिक विकास मन्त्री राईले बताउनुभयो । उहाँले लक्षित वर्गले थाहा पाउने गरि कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताउनुभयो । गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

एजेन्सी, असार ११-भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

तारा एअरको दुर्गमका सबै उडान ठप्प

काठमाडौं । खराब मौसमका कारण तारा एअरको दुर्गममा हुने सबै उडान ठप्प हुन पुगेको छ । काठमाडौंबाट लुक्ला र फाप्लुमा हुने सम्पूर्ण उडानहरु रद्ध गरिएको तारा एअरले जनाएको छ । त्यस्तै नेपालगञ्ज तथा सुर्खेतबाट हुने...

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्वीकार, अब राष्ट्रपतिबिरुद्धको सवै रिटको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडौं,जेठ १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ...

भोलीदेखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै...

अस्पतालमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, ७ जेठ-उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया १ महिलाको नतिजा नेगेटिभ आएको...

सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

विराटनगर । सुनसरीको पकलीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो ।सख्त घाइते भएका एक...

स्वयम्सेवी स्वास्थ्यकर्मीको विवरण तयार

काठमाडौं, ३ बैशाख-सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा स्वयम्सेवक जनशक्ति परिचालन गर्न विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वयम्सेवक परिचालन गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ...

विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह

नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्