यौन दुर्व्यवहारको आरोपमा गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकाल पक्राउ

 न्यूज विराट
यौन दुर्व्यवहारको आरोपमा गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकाल पक्राउ

विराटनगर, १५ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

सोही ठाउँका १३ वर्षीय एक बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ढकाललाई नियन्त्रणमा लिएको हो । पिडित बालकको परिवारले दिएको उजुरीका आधारमा ढकाललाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । ‘ कुन संस्थामा आवद्ध वा काम गर्ने हो हामीलाई थाहा भएन । नाबालकमाथि यौन दुर्व्यवहारको आरोप छ ।’ उनले भने,‘उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ । के हो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौँ ।’

ढकालले बारम्बार ति बालकलाई घरमा बोलाएर अप्राकृतिक यौन दुरव्र्यबहार गर्ने गरेको पिडित बालकका परिवारको ओरोप छ । ढकालले बालकलाई पछिल्लो पटक गत १३ भदौमा दुव्र्यबहार गरेको बताइएको छ । ढकाल एजुकेसन हेल्पलाईन विराटनगरका अध्यक्ष समेत हुन् ।

सम्बन्धित समाचार

विश्वभर कोरोना संक्रमणबाट ६ लाख ८ हजारको मृत्यु 

एजेन्सी, साउन ५ -विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार  ९ सय ७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरिमा १ करोड ४६...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल आज, कसले जित्ला उपाधि ?

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनल आज शनिबार साझमा विराटनगरमा हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुने उक्त प्रतियोगिताको फाइनलमा ७९ जनाले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरको सिटी...

ढकाल समूहका २ कार्यकारिणी सदस्य निर्विरोध

काठमाडौं, ४ मंसिर-नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि २ कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् । महासंघ निर्वाचन समितिले बिहीबारसम्म उम्मेद्वारी दिने समय तोकेकोमा प्रदेश १ बाट र द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका...

अस्ट्रेलिया छैटौं पटक विश्वविजेता

विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया...

एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ...

पार्टी विभाजन इतिहासको पुनरावृत्ति : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा विभाजन इतिहासको पुनरावृत्ति भएको बताएकी छिन् । आइतबार गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सडक कालोपत्रेको शुभारम्भ गर्दै मन्त्री अर्यालले पार्टी फुट्ने र जुट्ने कुरा कुनै नौलो नभई...

मायादेवी मन्दिरमा दैनिक पूजा

रूपन्देही, २१ वैशाख-गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ । लुम्बिनी विकास कोषका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक...

अपाङ्गता भएका व्यक्तिलाई राज्यको हरेक निकायमा समान सहभागितकाको माग

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको हरेक निकाय र राजनीतिक क्षेत्रमा समान सहभागिता गराउनुपर्ने माग राखेका छन् । नेत्रहिन यूवा संघ मोरङले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।उनीहरुले राजनीतिक दलमा अपाङ्गता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्