एम्स हस्पिटलमा सफल उपचार, १० वर्षीय बालकले पाए पुनः जन्म

 न्यूज विराट
एम्स हस्पिटलमा सफल उपचार, १० वर्षीय बालकले पाए पुनः जन्म

विराटनगर । निमोनियाले ग्रसित भएका एक जना बालकको विराटनगरस्थित एम्स हस्पिटलमा सफल उपचार भएको छ । वरिष्ठ बाल रोग विशेषज्ञ चिकित्सक डा। राजेश यादवले सप्तरी घर भएका १० वर्षीय बालक सौरव यादव निमोनिया भएपछि सिकिस्त बिरामी भएर एम्स हस्पिटल आएका थिए ।

‘निमोनियाको कारणले श्वासप्रश्वासमा समस्या भएपछि गाह्रो भएर आएका थिए । बिरामीको अवस्था निकै नाजुक रहेको थियो । एम्स हस्पिटलमा राखेर १० दिन उपचार गरेपछि अहिले पूर्ण रूपमा ठिक भएका छन्,’ बाल रोग विशेषज्ञ डा। यादवले भने, ‘स्याचुरेसन लेभल पनि निकै कम थियो । ९५ भन्दा माथि हुनुपर्ने ठाउँमा बिरामी बच्चाको ५०÷६० मात्र रहेको थियो । स्वास लिन गाह्रो थियो । यहाँ आइपुग्दा बच्चा बेहोस थिए । आइसियुमा दुई दिन राखेर उपचार गरेपछि बिरामीको स्वास्थ्यमा सुधार आयो । त्यसपछि जनरेल वार्डमा सारेर १० दिन उपचार गरेपछि बिरामीको अवस्था ठिक भयो ।’
बिरामीका आफन्तले माया मारिसकेको बालकलाई बचाएको डा। यादवले बताए । बालकको आर्थिक अवस्था पनि नाजुक रहेको थियो । बिरामीलाई घर लैजाने पैसा पनि नभएपछि हामीले सहयोग गरेको उनले बताए ।
बालक यादवको सफल उपचार भएपछि डिस्चार्ज दिइएको छ । चिकित्सक यादवले सफल उपचार गरेर पुनः जन्म दिएको बालकका परिवारले बताएका छन् । उपचार संलग्न चिकित्सक र एम्स हस्पिटल प्रति कृतज्ञ भएको उनीहरूको भनाई छ ।

‘बाबुलाई बचाउन एम्स हस्पिटलले गरेको यो उपचार हामी बिर्सन सक्दिनम । उपचारमा सहयोग पु¥याउने चिकित्सकहरू प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले हाम्रो बाबुलाई बचाउनुभयो । अहिले हिँडडुल गर्न सक्ने भएका छन् । बाबुले नयाँ जीवन पाए,’ बालकका आफन्त कविता यादवले भनिन् ।
यस अघि पनि एम्स हस्पिटले जटिल प्रकृतिका बिरामीहरूको सफल उपचार गर्दै आएको छ ।

सम्बन्धित समाचार

ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्‍व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन...

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का : ६ जना घाइते, २०० घरमा क्षति

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प...

नेपालमा कोरोबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

काठमाडौं, २२ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ४ महिला र ७ पुरुष गरी ११...

लेखा परीक्षक घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको आफन्तको गुनासो

विराटनग, माघ १३-सिंघीया खोलामा मृत भेटिएका विराटनगरका लेखा परीक्षक प्रबल घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान प्रभावकारी रुपले अघि नबढेको आफन्तले गुनासो गरेका छन् । घटनाको एकसाता बित्न लाग्दासमेत मृत्युको रहस्य खुल्न नसक्नु आश्चर्यजनक रहेको उनीहरुको...

४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा नेपालमा ४९६१ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको कोरोना परीक्षण गरिएको...

कालीकोटका २५ जनाले कोरोनालाई जितेर घर फर्किए

कालीकाेट, ३२ जेठ-विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर कालीकाेटका २५ जना घर फर्केका छन् । कोरोना पोजिटिभ देखिएपछि १८ जेठदेखि आइसोलेसनमा बसेका २९ जनालाई आइसोलेसनमा भर्ना गरिएकाेमा तीमध्ये पीसीआर रिपाेर्ट नेगेटिभ आएका २५ जनालाई...

अनेमसंघ क्रान्तिकारीमा नेतृत्वको विवाद, लत्ता र निरुको अध्यक्षमा दाबी

विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेशको ९१ सदस्यको कमिटि गठन भएको छ ।विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ सदस्य गठन भएको हो...

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्