
काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा नेपालमा ४९६१ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो तथ्यांक अनुसार ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।