
विराटनगरमा उल्लासपूर्ण होली (फोटो फिचर)
विराटनगर । विराटनगरलगायत तराईमा आज भव्य रुपमा होली पर्व मनाइएको छ । हर्षौल्लासका साथ होली पर्व मनाइएको हो । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् ।...
विराटनगर, २६ साउन । ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला र साना टायर उत्पादन गर्न लागेको हो । सो मोडलअन्तर्गत कम्पनीले विभिन्न साइजका टायर उत्पादन गरि बजारमा ल्याउन लागेको जनाइएको छ ।
कम्पनीका अनुसार सो कम्पनीद्वारा उत्पादित टायरमा बढी ट्रेक्सन र ग्रीप रहेको छ भने बढी एनएसडी पनि रहेको छ । सो उत्पादनमा पन्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरसँग प्रतिष्पर्धा गर्न सक्षम नेपाली टायर उत्पादन गरि यस कम्पनी उदाहरणीय बनेको छ । यस कम्पनीले नेपालमै उत्पादित स्वदेशी रबर पनि प्रयोगमा ल्याउन थालेको छ ।
गुणस्तरलाई ध्यानमा राखी नेपाली किसानलाई पनि बेलाबेलामा स्वदेशमा गुणस्तरीय रबर उत्पादन गर्न सकिने तालिमसमेत कम्पनीले दिँदै आएको छ । नेपालमा उत्पादित सो टायरका मोडल विदेशी टायरको तुलनामा आकर्षक, गुणस्तरीय, सस्तो र भरपर्दो छ ।
सो कम्पनीले शेर्पा ब्राण्डका टायर सजिले ग्राहक तथा कृषकमाझ पुर्याउन नेपालभरी डिलरशिपको आवेदन दिन आह्वानसमेत गरेको छ । कम्पनीका सबै टायरमा म्यानुफ्याक्चरिङ वारेन्टी रहेको र सबै टायर अन्तर्राष्ट्रिय गुणस्तर (आइएसओ) मापदण्डअनुसार उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
ट्याक्टरमा लाग्ने सम्पूर्ण साइजका टायर सो कम्पनीले उत्पादन सुरु गरेको छ भने आगामी तीन महिनाभित्रमा ट्रलीमा लाग्ने टायर पनि बजारमा ल्याउने तयाी गरिएको सञ्चालक विनित सिंघानियाले जानकारी दिए ।
उनले आगामी दिनमा कमर्शियल हेभी इक्यूप्मेन्ट ट्रक टायरलगायत विभिन्न प्रकारका टायर उत्पादन गर्ने कम्पनीको योजना रहेको बताए ।
नेपालमा टायर उत्पादनको राम्रो सम्भावना र भविष्य पनि सुन्दर रहेकाले कम्पनीले भविष्यमा लगानी बढाउने योजना समेत रहेको जानकारी दिएको छ । २०७३ सालमा स्थापित ग्रीन टायर्स उद्योग प्रालिले विगत ६ वर्षदेखि स्वदेशमै टायर उत्पादन गरि विदेशी परनिर्भरता निरुत्साहित गर्दै आएको छ ।
‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई सो उद्योगले पूर्णरुपमा आमसाथ गर्दै आएको छ । स्थापना कालमा टु ह्वीलर टायर उत्पादन सुरु गरेको सो उद्योगले हाल टु र थ्री ह्वील टायर उत्पादन गर्दै आएको छ ।
४० करोड रुपैयाँको लगानीमा सञ्चालित सो उद्योगले एक सय जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । हाल सो उद्योगको उत्पादन क्षमता वार्षिक तीन लाख टायर रहेको छ ।
विराटनगर । विराटनगरलगायत तराईमा आज भव्य रुपमा होली पर्व मनाइएको छ । हर्षौल्लासका साथ होली पर्व मनाइएको हो । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् ।...
विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोटरी क्लब अफ विराटनगर फ्युजनको संयुक्त आयोजनामा सेमिनार सम्पन्न भएको छ । बिहीबा विराटनगरस्थित यक्ष होटलमा अफिसर्स ट्रेनिङ सेमिनार (COTS)सम्पन्न भएको हो । एजी रोटरीयन बिजु थपलियाले...
काठमाडौं, ४ असार । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ । मिर्गौलामा समस्या भएपछि नेता खनाललाई बुधबार...
काठमाडौं, २० जेठ-नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो...
बुटवल, २९ कात्तिक-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा बिग्रिएको व्यवस्था फेर्न आफू अर्जुनदृष्टिका साथ लागेको बताएका छन् । मुलुकको कृषि व्यवस्था लामो समय अस्तव्यस्त हुँदा मुलुक गरिब बनेको भन्दै त्यसलाई फेर्न आफ्नो...
विराटनगर । लागूऔषध प्रयोगकर्ताहरूमा एचआइभि संक्रमणको खंख्या घटदै गएको पाइएको छ । रिकभरी नेपाल कोशी प्रदेशले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभि संक्रमणको संख्या घटेको पाइएको हो ।सन् २००४ मा गरेको सर्वेक्षणमा एक...
काठमाडौं, ३१ वैशाख-नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए । उनी टेकु...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.