विराटनगर,२५ साउन । भारतीय अटो कम्पनी महेन्द्राद्वारा उत्पादित विद्युतीय थ्री ह्विलर ‘ट्रियो अटो’को आजदेखि रोयल अटो विराटनगरले यहाँ बिक्री वितरण शुभारम्भ गरेकोे छ।
उक्त अटोले तीन घण्टा ३० सेकेण्डमा फुल चार्ज हुने व्याट्रीवाट प्रतिकिलोमिटर ९६ पैसा खर्चमा १३० किलोमिटर दूरी तय गर्ने छ । तीन वर्ष वारेण्टी रहेको व्याट्रीले एक लाख ५० हजार किलोमिटर सञ्चालन हुने रोयल अटोका प्रवन्धक उत्कृष्ट भट्टराईले जानकारी दिनु भयो ।
तराई तथा पहाडमा सहज रुपमा सञ्चालन हुने ट्रियोले इन्धन खर्च वापत (पेट्रोल)को वार्षिक रु तीन लाख २० हजार वचत गर्ने उहाँले बताउनु भयो । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले ट्रियोको सार्वजनिकीकरण गर्दै मुलुकमा इन्धनमा हुने विदेशी मुद्राको खर्च वचत र स्वदेशी विद्युत खपतका लागि लागि इलेक्ट्रिक साना , ठूला सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यक्त्ता औंल्याउनु भयो ।
महेन्द्रा अटोका नेपालका वजार व्यवस्थापक प्रमोद भण्डारीले सन् २०१८ देखि उत्पादन शुरु भएको यो अटोले अहिलेसम्म छ करोड ३० किलोमिटर दूरी तय गरिसकेको जानकारी दिनु भयो । चालक सहित चार जना वस्ने सक्ने उक्त अटोको मूल्य रु आठ लाख ४० हजार रहेको छ भने बैंकको कर्जावाट समेत लिने सुविधा उपलव्ध रहेको रोयलले जनाएको छ।