
आयात बढ्न थालेपछि शोधनान्तर बचत घट्दो
काठमाडौं, चैत ५–चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी वस्तुको आयात बढ्दै गएपछि शोधनान्तर बचत भने घट्न थालेको देखिएको छ । पछिल्लो १ महिनामा मात्र करिब ५ अर्ब रुपैयाँले शोधनान्तर बचत घटेको छ । देशबाट...
विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित रहेर न्युज विराट डटकम अनलाइनले स्कुलका प्रिन्सिपल गौतमसँग गरिएको संक्षिप्त कुराकानी :
विद्यार्थीलाई शिक्षा कसरी प्रदान गर्दै आउनुभएको छ ?
– विद्यार्थीहरूको तह, उमेर समूह, उनीहरूको सुझबुझको स्तर, उनीहरूमा रहेको अन्तरहित विशेष क्षमता र रुचि जस्ता सिकाइमा प्रभाव पार्ने आधारभूत पक्षहरूमा हामीले विशेष ध्यान पुर्याएका छौँ । सोही अनुसार मनोवैज्ञानिक ढङ्गबाट शिक्षण सिकाई क्रियाकलापलाई सञ्चालन गरेका छौँ । हाम्रा विद्यार्थीहरूलाई आफू, आफ्नो परिवार, समाज र सिङ्गो राष्ट्रप्रति जिम्मेवार नागरिकको रूपमा उभ्याउन र भोलिको सृजनशील, दक्ष र व्यवहारिक जनशक्तिको रूपमा विकास गर्न विद्यालय स्तरको शिक्षामा सिकाउनुपर्ने सबै आधारभूत ज्ञान र सिप सिकाउने कुरामा हामी निरन्तर लागिपरेका छौँ । स–साना नानी बाबुहरूले स्कुलमा खुसी र रमाइलो बालमैत्री वातावरणमा पढ्न सकुन्, सिक्न सकुन् र जान्न–बुझ्न सकुन् भन्ने उद्देश्य ले प्ले ग्रुपदेखि कक्षा ३ सम्म पूर्ण मन्टेश्वरी विधिमा ग्रेड शिक्षण प्रणाली अपनाएका छौँ । हामीले केबल किताबी ज्ञान मात्र हैन, व्यवहारिक रूपमै शिक्षण गर्नको लागि सबै विद्यार्थीहरूको पहुँच पुग्ने गरी अत्याधुनिक विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला, अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधा सम्पन्न लाइब्रेरी, गायनकला, चित्रकला, नृत्यकला आदिका विशेष कक्षाहरू, यथेष्ट अतिरिक्त क्रियाकलाप, फराकिलो खेल मैदान आदिको समुचित व्यवस्था गरेका छौँ । सगरमाथा यस्तो स्कुल हो, जहाँ विद्यार्थीहरूले आफ्नो नियमित पढाई लेखाइका अतिरिक्त आफूमा अन्तर्निहित क्षमताको विकास गर्ने पूर्ण वातावरण प्राप्त गर्दछन् । त्यसैले सगरमाथा स्कुल विराटनगरको मात्र नभएर देशकै एक अब्बल स्कुलको रूपमा स्थापित स्कुल हो ।
हामी सँग योग्य, अनुभवी र पेसा प्रति समर्पित, दक्ष विषयगत शिक्षकहरूको टिम छ । यसका अलावा हामी बेला बेलामा विषय विज्ञहरू बोलाएर हाम्रा शिक्षक र विद्यार्थीहरूसँग छलफल र अन्तरक्रिया गर्दै आएका छौँ ।
स्कुलको नतिजा कस्तो छ ?
– यस विद्यालयको स्थापना कालदेखि हालसम्मको नतिजा उत्कृष्ट र ऐतिहासिक रहेको छ । दुई पटक एस।एल।सी। बोर्डमा पर्न सफल हाम्रो स्कुल लगातार चार पटक क्षेत्रीय स्तरमा प्रथम र पाँचौँ पटक राष्ट्रभरमै प्रथम भएर नेपाल सरकारबाट पुरस्कृत भई नेपालको विद्यालय स्तरको शिक्षामा इतिहास रच्ने एक मात्र संस्थागत विद्यालय हो । २०६५ सालमा एसएलसीमा नेपाल प्रथम र लगातार पाँच पटक पूर्वाञ्चल प्रथम भएको छ । दक्ष, योग्य, अनुभवी र शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित शिक्षकहरूबाट अध्यापन हुँदै आएको हाम्रो विद्यालयको हालसम्मको नतिजा उत्कृष्ट रहँदै आएको छ ।
कक्षा ११ मा भर्ना खुलेको छ । विद्यार्थीको उपस्थिति कस्तो छ ?
– हामीले विज्ञान र व्यवस्थापन विषयमा प्लस टु सञ्चालन गरेको चार वर्ष पुरा भएको छ । यसबिचमा हाम्रै स्कुलबाट एस।ई।ई। गरेका विद्यार्थीहरूका साथै अन्य विद्यालयका विद्यार्थीहरूको समेत रोजाइमा परेको हाम्रो प्लस टूमा विद्यार्थीहरूले एसीजडि़त कक्षा कोठाहरू र अत्याधुनिक प्रयोगशालाहरूको व्यवस्था भएको छुट्टै सुविधायुक्त भवनमा भयरहित र शान्त वातवरमा अध्ययन गर्न पाउँछन् ।
सगरमाथामा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन सङ्कायमा विद्यार्थीको रोजाइमा परेको छ । कक्षा ११ मा भर्ना लिन सगरमाथाले लिएको प्रवेश परीक्षामा विद्यार्थीको उल्लेख नय उपस्थिति रहेको थियो । प्रवेश परीक्षामा १ हजार भन्दा बढ विद्यार्थीले प्रवेश परीक्षामा सहभागी भए । जसले गर्दा पनि सगरमाथामा विद्यार्थीको रोजाइमा परेको छ ।
काठमाडौं, चैत ५–चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशी वस्तुको आयात बढ्दै गएपछि शोधनान्तर बचत भने घट्न थालेको देखिएको छ । पछिल्लो १ महिनामा मात्र करिब ५ अर्ब रुपैयाँले शोधनान्तर बचत घटेको छ । देशबाट...
काठमाडौं, २२ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ४ महिला र ७ पुरुष गरी ११...
धनुषामा २ प्रहरी कुटिएका छन् । लकडाउन उल्लंघन गरी लगाइएकाे हाटबजार बन्द गराउन गएका प्रहरी कुटिएका हुन् ।धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरस्थित लवकुश चोकमा लकडाउन उल्लंघन गरी लगाइएकाे बजारमा अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ...
काठमाडौं, २२ साउन-संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको छ । प्रवक्ता पाण्डेसहित संसद सचिवालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई...
विराटनगर, ३० वैशाख-नेपाल सरकारले सीमानामा रहेका नेपालीहरूलाई नेपाल प्रवेश गर्न रोक लगाइरहेको बेला विराटनगरको जोगवनी नाकाबाट भारतीय सुरक्षाकर्मीले १५ जना युवालाई नेपाल छिराइदिएका छन् । दिल्ली र विहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा,...
नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठक भोलि...
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा...
काठमाडौं, २७ साउन । प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थीले कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । खोप महाशाखा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.