बर्दिवासमा आगलागीबाट करोडको क्षति

 न्यूज विराट
बर्दिवासमा आगलागीबाट करोडको क्षति

महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुुख्यचोकमै आज आगलागी भएको छ ।  व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

मोहम्मद फारुकको सो भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा रहको छ । तलको तलामा अन्य व्यापारिक प्रतिष्ठान छन् । यद्यपि आगोले माथिल्लो तलाको जिमखानामा मात्र क्षति पुर्‍याएको छ । अभिषेक झाले सञ्चालन गरेका जिमखानाका सबै सामग्री जलेर खरानी भएका छन् । जिमखाना सञ्चालकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले आगलागीबाट करिब एक करोडको क्षति भएको जानकारी दिए ।

माथिल्लो तलामा धुँवा देखिएपछि ओरपरका व्यापारी र बजारु कामले चोक पुगेका सर्वसाधारणले आगो निभाउने प्रयत्न थालेका थिए । लगत्तै प्रहरी र दमकल पनि पुगेपछि एक घण्टाको निरन्तर प्रयत्नले आगो पूरै नियन्त्रण गरिएको प्रनाउ रावलले बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण

विराटनगर । कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा...

प्रहरीले पक्रीएको लोपोन्मुख वन्यजन्तु गायब

विराटनगर, साउन २–पछिल्लो समय विवादित बन्दै गएको इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातीको सुन गोहोरो र टोके टोके गायव गरेको छ । घरायसी झगडामा ५ हजार घुस माग्ने देखि प्रहरीको विरुद्ध बोल्दा कुटपिट...

प्रदेश १ मा कसको सरकार ?

विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...

बिहारमा १ जनाको मृत्युपछि जनकपुरमा सतर्कता, भोलिदेखि बजार बन्द

जनकपुरधाम, १० चैत-कोरोना भाइरस संक्रमणको प्रभाव बढ्दै गएपछि जनकपुरधाम बजार बन्द हुने भएको छ । कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुधाम बजार बन्दको जनकपुर उद्योग वाणिज्य संघले घोषणा गरेको हो । संघका पदाधिकारीको सोमबार बसेको...

लोकसेवाले खोल्यो पाँचसय बढी अधिकृतमा विज्ञापन

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि विज्ञापन नगरेको लोक सेवा आयोगले विभिन्न पदमा नयाँ भर्नाका लागि विज्ञापन खुलाएको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको हो...

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने...

सुनसरीमा कोरोना सक्रमितको संख्या ४ सय ८५ पुग्यो

विराटनगर, ९ भदौ–सुनसरीमा मंगलबार विभिन्न प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनुवाहरूमा कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १...

खेर गइरहेको जमिनलाई पर्यटकीय क्षेत्र बनाउन स्थानीय सरकारको चासो

  मोहन भट्टराई शनिश्चरे । आजकाल देशका विभिन्न स्थानमा कृतिम रुपमा ताल, पोखरीहरु निर्माणको क्रम बढेको छ । मानिसहरुको आकर्षण पनि सिमसार क्षेत्रहरुमा बढ्दो छ । पर्यटनको राम्रो संभावना बोकेको पथरीशनिश्चरे नगरपालिकामा आधादर्जन जति सिमसारजन्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्