अब विराटनगरबाटै ड्राइभिङ लाइसेन्सको लिखित र ट्रायल

 न्यूज विराट
अब विराटनगरबाटै ड्राइभिङ लाइसेन्सको लिखित र ट्रायल

विराटनगर, १२ साउन । अब प्रदेश १ को राजधानी विराटनगरबाटै सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परिक्षा हुने भएको छ । प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको हो ।

साउन ११ गते बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । हाल प्रदेश १ मा इटहरी, विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट ट्रायल दिने व्यवस्था छ ।

विराटनगरबाट नै यातायातका काम हुने भएकाले सेवाग्राहीलाई थप सहज हुने यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड, एक जना पक्राउ

कञ्चनपुरस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजीका १९ वर्षीय नरेन्द्रसिंह...

मोरङमा थप १ कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २८-मोरङका थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो...

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण

विराटनगर,७ साउन । अपाङ्गता भएका व्यक्तिहरुलाई सहजरुपमा दैनिक जिवनको कार्य गर्नका लागि आज यहाँ सहायक समाग्री(ह्वील चियर) वितरण गरिएको छ । सामथ्र्य समाज नेपाल र समन्वयद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्त्तिहरुको सवालमा जनप्रतिनिधिहरु र...

चिनियाँ पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

 म्याग्दी, ६ वैशाख-कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका २ पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका...

रौतहट तस्कर र प्रहरीबीच झडप, १४ राउन्ड गोली चल्यो

काठमाडौं, २९ साउन-रौतहट तस्कर र प्रहरीबीच झडप भएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका भन्ने सूचनाका आधारमा राँगा-भैँसी नियन्त्रणमा लिन गएको प्रहरी र राजपुर स्थानीयबीच  झडप हुँदा गोली चलेको छ । भारतीय सीमा जोडिएको...

देउवाको मुद्दामा आज निर्णय, न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गर्नुभएको मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउने मिति तोकिएको छ...

अत्याधुनिक भवनबाट न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा, १.५ टेस्लाको एमआरआई सुचारु

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्