विराटनगरस्थित भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टा सम्मानित

 न्यूज विराट
विराटनगरस्थित भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्रष्टा सम्मानित

विराटनगर, २८ असार । विराटनगरस्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित भए ।

त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण्डित तथा कलाकार करुणा झालाई भानु पदकबाट विभूषित गरिएको थियो ।
सोही अवसरमा भानु चतुर्भुज आशावादी सम्मान मिलन सिंह मधुर र रामकिशोर उपाध्यायलाई प्रदान गरिएको थियो ।

उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुङ र आयोजक संस्थाकी अध्यक्ष माया पौडेल आशावादीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदित, कार्यक्रम संयोजक प्रचण्ड पौडेललगायतले आदिकवि भानुभक्त आचार्यले भाषाका माध्यमबाट नेपाललाई जोडेको बताए ।

सोही अवसरमा आयोजित बहुभाषिक कविगोष्ठीमा भगवान झा, ऋषिधन बायुङ राई, भगवती ढुंगेल, गोविन्द तामाङ, भवानीप्रसाद पोखरेल, कर्ण सञ्जय, सरिता तुलाधर, सविना श्रेष्ठ, सुजाता राई, दशरथ रुम्दाली राई, चाँद इराकी, कविता केशरी, लक्ष्मी चौधरी, कुशेश्वर राजवंशी, पूजा बहार, नारायण याक्सोलगायत एक दर्जनभन्दा बढी कविहरुले विभिन्न भाषाका कविता वाचन गरेका थिए ।

सो अवसरमा कलाकार सपना साह, अञ्जना नेपाल, सरिता अर्याल, जमुना सापकोटा, टीका श्रेष्ठ, ग्रिस्मा श्रेष्ठ र संगीता यादवले नृत्य प्रस्तुत गर्नु भएको थियो । गायक श्याम बास्कोटाले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

जलेको अवस्थामा वृद्धको शव फेला

तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका एक वृद्धजंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलबारदेखि हराइरहेका चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत...

आज विराटनगरमा ३२० कोरोना संक्रमित थपिए

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा...

विराट नर्सिङ होममा सिण्डीकेट, भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलित

विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेशीका कर्मचारी प्रितम तामाङ्गलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारबाट, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने...

कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे। पार्टी सभापति...

एनपीसी बैठक सुरु, चीनले आर्थिक वृद्धिको लक्ष्य नतोक्ने

एजेन्सी, जेठ ९-चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य नतोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको वार्षिक संसदीय बैठक नेशनल पिपुल्स कंग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल रहेका छन् । एनपीसीको बैठकले बजेट स्वीकृत गर्छ भने...

खानेपानी विभागको स्वर्ण जयन्तीः इलाम बन्यो उत्कृष्ट आयोजना कार्यालय

विराटनगर, ४ मंसिर । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलाम उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । खानेपानी विभागको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट आयोजना कार्यालयका रुपमा...

संखुवासभामा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

विराटनगर । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्। संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्