राशिफल

आज विराटनगरमा ३२० कोरोना संक्रमित थपिए

 न्यूज विराट
आज विराटनगरमा ३२० कोरोना संक्रमित थपिए

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २–२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३–३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा २–२, केराबारी, रंगेली, लेटाङ, सुनबर्षी र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा ५, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा ४–४, हरिनगरमा ३, भोक्राहा र रामधुनीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ११, झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२–१२, बुद्धशान्ति र शिवसताक्षीमा ६–६, मेचीनगरमा ५, हल्दिबारीमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकाको ७, छथरजोरपाटीमा ३, महालक्ष्मीमा २ र पाख्रिबासमा १, उदयपुरको कटारी र स्थानीय तह नखुलेका २–२, बेलकामा १, तेहृथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...