काठमाडौं, २० जेठ । सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो ।
बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (साना तथा ठूला सवारी ), एकान्तकुना र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा र गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा तथा ती कार्यालयमा दर्ता भएका सबै सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागले जनाएको छ ।
इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा साउन १ गतेदेखि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही विभागले चेतावनी दिएको छ ।