युवा र खेलकुद क्षेत्रलाई एमालेले मात्र प्राथमिकतामा राख्छ :अध्यक्ष पोखरेल

 न्यूज विराट
युवा र खेलकुद क्षेत्रलाई एमालेले मात्र प्राथमिकतामा राख्छ :अध्यक्ष पोखरेल

 

विराटनगर । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले खेलकुद र युवालाई उच्च प्राथमिकतामा राख्ने पार्टी नेकपा एमाले मात्रै रहेको बताउनुभएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजना तथा नेपाल खेलकुद महासंघ महानगर कमिटीको संयोजनमा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष पोखरेलले एमालेले खेलकुद र युवाका सवाललाई कसरी हेर्छ र अरु पार्टीले कसरी हेर्छन् भन्ने बिषय सम्पूर्ण युवा खेलाडीले बुझ्नुपर्ने र बुझाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आवश्यकताका आधारमा सम्पूर्ण जनवर्गीय संगठनले जिम्मेवारी बहन गर्नुपर्ने भन्दै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा नेकपा एमालेका बिचार र सिद्धान्तहरुलाई हरेक युवा र खेलाडिलाई समेत बुझाउन आवश्यक रहेको बताउनुभयो ।

‘वर्तमान परिस्थितिमा खेल क्षेत्र तथा खेलाडीको अवस्था र आसन्न स्थानीय निकाय निर्वाचनको तयारीमा हाम्रो भूमिका विषयक अन्तरक्रियामा बोल्दै नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीका विज्ञ आयोगका सचिव विनोद राउतले पार्टीले खेलाडीलाई पनि चिन्नुपर्नेमा जोड दिनुभएको छ । खेलाडीले पनि नेता जन्माउन सक्ने भन्दै त्यसका लागि पार्टी र नेतृत्वले पनि खेलाडी चिन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जिम्मेवारी दिँदा क्षमता भएका तथा ओझलमा पारेर निष्कृय बस्न बाध्य भएकाहरुलाई पहिचान गरेर जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष रोहित कोइरालाले खेलकुद र खेलाडीको विकासका निम्ति एमालेले दिने प्राथमिकतालाई उच्च सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय भने खेलकुदका गतिविधि शुन्यको अवस्थामा आइपुगेको भन्दै कोरोना महामारीपछि सक्रिय हुन खोजेका गतिविधिलाई प्रदेश सरकारले अवरोध गरेको बताउनुभयो ।

लामो समय नेतृत्वविहिन भएको खेलकुद क्षेत्रले नेतृत्व पाएपनि प्रदेश सरकारले छुट्याएको बजेट समेत रोकर खेलकुद क्षेत्रलाई निष्कृय बनाएको आरोप लगाउनुभयो ।

खेलकुदका गतिविधि चलायमान बनाउन तथा खेलाडि उत्पादनको कामलाई तिब्रता दिन सवै मिलेर प्रदेश सरकारलाई दवाव दिन आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेशका कोषाध्यक्ष बलराम गिरि, यूवासंघ जिल्ला कमिटीका उपाध्यक्ष किशोर भट्टराई, खेलकुद महासंघ मोरङ अध्यक्ष सुरज श्रेष्ठ , यूवासंघ विराटनगर महानगर कमिटी अध्यक्ष किरण लामालगायतले बोल्नुभएको थियो ।

बोल्ने अधिकांश नेतृत्वले निर्वाचनमा खेलाडीलाई समेत जिम्मेवारी दिई खेलकुद र पार्टीका गतिविधि सँगसँगै अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College