कांग्रेसले प्रदेश १ मा टुंगो लगाउन सकेन उम्मेदवार

 न्यूज विराट
कांग्रेसले प्रदेश १ मा टुंगो लगाउन सकेन उम्मेदवार

विराटनगर, ११ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस उम्मेदवार टुंग्याउने विषयमा अझै अलमलमा परेको छ । उमेदवारी दर्ताको समय शुरु भईसक्दा समेत प्रदेश १ मा नेपाली कांग्रेसबाट उमेदवार तय हुन सकेका छैनन् ।

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको छ । तर, सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आइतबार बिहानसम्म पनि प्रदेश एकका सबै जिल्लाका उमेदवार तय गर्न सकेको छैन ।

कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले हालसम्म ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, धनकुटा र तेह्रथुम जिल्लाका उमेदवार तय भईसकेको जानकारी दिए । उनले आज फेरि बैठक बसेर बाँकी जिल्लाका स्थानीय तहको उमेदवार टुंगो लगाइने बताए ।

धेरै स्थानीय तहको विषयमा कांग्रेसको प्रदेश समितिलाई सिफारिसनै प्राप्त नहुँदा छलफल अघि बढाउन र उमेदवार चयन गर्न समस्या भएको रायमाझीले बताए ।

उमदेवार बन्नेहरुको नाम पार्टीको पालिकास्तर हुँदै जिल्ला र प्रदेशसम्म पठाउनु पर्ने प्रावधान छन् । नेपाली कांग्रेसले केन्द्रीय समितिले महानगर र उपमहानगरमा उठ्ने मेयर/उपमेयरको उमेदवारको टुंगो लगाउँछ । तर, त्यस बाहेक भने प्रदेशले सिफारिस गर्छ । प्रदेश एकमा १३७ स्थानीय तह छन् ।

ती तहहरुमा कांग्रेससहितका दलले गठबन्धन गर्ने छलफलका कारण पनि कतिपय पालिकामा उमेदवार चयन हुन सकेका छैनन् । कांग्रेस प्रदेश समितिले राजनीतिक रुपले महत्वपूर्ण मानिएका झापा, मोरङ र सुनसरीका उमेदवार छान्ने विषयमा अझै छलफल शुरु गरेको छैन । अधिकांश पालिकाहरुमा कांग्रेसको स्थानीय समितिले गठबन्धनको विरोध गरिरहेका छन् ।

 

सम्बन्धित समाचार

१ भदौबाट अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सीसीएमसीको प्रस्ताव

काठमाडौं, २५ साउन-कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान १ भदौदेखि नखुलाउने प्रस्ताव गरेको छ । सीसीएमसीको आजको बैठकले यस्तो प्रस्ताव गरेको हो ।  साउन ५ मा बसेको...

कोरोना राहत कोषमा कुन्दनले सहयोग गरे विवाह खर्चवापतको रकम

काठमाडौं, १५ वैशाख-नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्चबापतको रकम ‘कोभिड-१९ प्रधानमन्त्री राहत कोष’मा जम्मा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड- १९ प्रधानमन्त्री राहत कोष’मा...

घरमा सामान सकियो ? ११३७ मा फोन गर्नुस्

सरकारले काठमाडौं उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर...

प्रदेश १ का वनमन्त्री थापाको निधन

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन...

मनाङमा हुनेभयो बलिउड चलचित्रको सुटिङ, निर्माता निर्देशकले गरे अनुगमन

कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र 'उचाई'को छायाङ्कन गरिने भएको हो...

धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै

धनकुटा, फागुन १६–धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै गएको अख्तियारको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा दर्ता भएका धनकुटाका ५० मध्ये २५ वटा उजुरी स्थानीयतहका छन् । यी बाहेक शिक्षा,...

विराटनगरमा च्याम्पियनस कराते एकेडेमी संचालनमा

विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो । बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय...

विष र करेन्टका कारण लोप हुँदै असला माछा

धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्