धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै

 न्यूज विराट
धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै

धनकुटा, फागुन १६–धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै गएको अख्तियारको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा दर्ता भएका धनकुटाका ५० मध्ये २५ वटा उजुरी स्थानीयतहका छन् ।

यी बाहेक शिक्षा, स्वास्थ्य, भूमिब्यबस्था, वन, जलस्रोत, खानेपानी तथा शहरी विकास सम्बन्धी उजुरी बढ्दै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका शाखा अधिकृत गिरिराज भट्टराईले जानकारी दिए । धनकुटामा आयोजित एक कार्यक्रममा स्थानीयतहले नागरिकका आवश्यकता भन्दा पनि पहुँचमा रहेका सिमित ब्यक्तिको रुचिमा योजना र अनुदान वितरण गरेकाले उजुरीको संख्यामा बढोत्तरी भएको अख्तियारका अधिकारीहरुले बताएका छन् ।

स्थानीयतहका योजना तर्जुमा, कार्यान्वयन र अनुगमनको संयन्त्र दरिलो नहुँदा विकास योजनाका काममा किर्ते बिल भरपाईको प्रयोगले अनियमितताका उजुरी अनपेक्षित रुपले बढ्दै गएको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार

भीरबाट लडेर एक युवतीको मृत्यु

काठमाडौं, ३० वैशाख-भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया सुष्मा मल्ल रहेकीछिन् । स्याङजाको पुतलिबजार नगरपालिका–१२ पेल्काचौर बस्ने मल्लको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर...

विराटनगर म्यूजिक फेस्टिबल हुने, तयारी भव्य गर्दै

विराटनगर । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबल हुने भएको छ । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा म्यूजिक फेस्टिबल हुने भएको हो । फेस्टिबलको भव्य तयारी सुरु गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी...

विराटनगरको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रद्वारा एक वर्षमा २६ हजार पिन्ट रगत संकलन

विराटनगर, १२ । नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला शाखाअन्र्तगत संचालित क्षेत्रीय रक्त संचार सेवाकेन्द्रले आर्थिक बर्ष २०७६/७७ मा २६ हजार पिन्ट बढी रगत संकलन गरेको छ । सो संस्थाले उक्त आर्थिक बर्षमा २२ हजार पिन्ट...

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विराटनगरलाई

विराटनगर । इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार...

डाक्टर र नर्समा कोरोना देखिएपछि कोशी अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल

विराटनगर, साउन १२–विराटनगरस्थित कोशी अस्पतलामा कार्यरत एक जना डाक्टर र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ शिल गरिएको छ । आइतबार रातिदेखि कोशीकोे पोस्टनेटल वार्ड शिल गरि संक्रमति नर्सको सम्र्पकमा रहेकाहरूको...

बिद्यार्थीको सेवक बन्न चाहन्छु : आशिका लम्साल

आशिका लम्साल विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन् । आशिका जुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन् । कक्षा ११ देखी नै पत्रकारिता पढेर...

चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण

एजेन्सी, १७ मंसिर-अन्तरिक्ष अभियानमा सफलता हात पार्दै गएको चीनले अर्को यानलाई सफलतापूर्वक अवतरण गराएको छ । चीनको रोबोटिक चाङ्ग–अ फाइभ अभियान अन्तर्गत गएराति सो यान चन्द्रमाको सतहमा अवतरण गराउन सफल भएको हो । चीनको यो...

कोरोनाका कारण अलपत्र ३४ हजारको उद्धार, ५६ जना उपचारत  

काठमाडौं, ७ साउन-कोरोना भाइरसका कारण विदेशमा अलपत्र ३४ हजारको उद्धार गरेर स्वदेश ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको केन्द्रले जानकारी दिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्