प्रदेश खेलकुद बोर्डका उपाध्यक्ष र सदस्यसचिव पर्शुराम बस्नेत हटाइए

 न्यूज विराट
प्रदेश  खेलकुद बोर्डका उपाध्यक्ष र सदस्यसचिव पर्शुराम बस्नेत हटाइए

विराटनगर, २२ चैत । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । लोक्सोम यसअघि योजना आयोगको सदस्य थिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई नियुक्त गरेको हो ।

आयोगका अन्य सदस्यहरूमा संखुवासभाका डा. ज्ञानेन्द्रबहादुर कार्की, सुनसरीका नारायण कोइराला, भोजपुरका प्रकाश राई र मोरङकी अञ्जु खड्कालाई नियुक्त गर्ने निर्णय गरिएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेलाई सरकारको प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ । यस्तै प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय भएकाे छ । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई हटाउने निर्णय गरेको छ ।

उनीहरूलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले नियुक्त गरेको थियो । बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५  संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री घिमिरेले जानकारी दिए ।

उनका अनुसार बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरले गुमायो अब्बल सर्जन डा. रामकुमार सिंह

विराटनगर । विराटनगरका वरिष्ठ सर्जन प्राडा ६० वर्षीय रामकुमार सिंहको निधन भएको छ । डा. सिंह कोशी प्रदेशका कहलिएका वरिष्ठ सर्जन हुन् । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत थिए ।सोमबार विहान भ्रमणका सिलसिलामा अजरबैजानको...

हिसान स्पोर्ट्स मिटमा ६ कलेज विजयी

विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्टस मिट अन्र्तगत भएको तीन खेलमा आधा दर्जन कलेज विजयी भएका छन् । विराटनगरमा बिहीबार भएको क्रिकेटमा कान्तीपुर र विकेभिएम, फुटबलमा रेड स्टार, जनक मेमोरियल र शिक्षादिप तथा भलीबलमा मोर्डन...

विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

एजेन्सी, ३१ भदोै । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि...

सीएनआई कोशी एक्स्पोमा आज सविन राईले तताउने

विराटनगर । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा आज शुक्रबार साँझ युवा पूस्तामाझ लोकप्रिय गायक सविन राईले प्रस्तुती रहने भएको छ । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याडको...

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि सरकार पक्षले बहस गर्ने

काठमाडौं, १४ चैत । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदकतर्फका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ । आज (सोमबार) देखि सरकार पक्षका वकिलहरूले बहस गर्ने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकलाई १२ घण्टा...

सुलभको ‘हिस्ट्री’ खोतल्दै प्रहरी

काठमाडौं, ३ वैशाख-महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ ।२५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट...

प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोना

विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...

विराटनगरमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि आज विहान मृत फेला परेकी थिइन् । मृतक महिला विराटनगर बसपार्कमा बस्दै आएकी ३३ वर्षीया बन्दना मगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्