हिसान स्पोर्ट्स मिटमा ६ कलेज विजयी

 न्यूज विराट
हिसान स्पोर्ट्स मिटमा ६ कलेज विजयी

विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्टस मिट अन्र्तगत भएको तीन खेलमा आधा दर्जन कलेज विजयी भएका छन् । विराटनगरमा बिहीबार भएको क्रिकेटमा कान्तीपुर र विकेभिएम, फुटबलमा रेड स्टार, जनक मेमोरियल र शिक्षादिप तथा भलीबलमा मोर्डन एरा र अर्किड कलेज विजयी भएका हुन् ।

क्रिकेटको पहिलो खेलमा कान्तीपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तीपुरले निर्धारित २० ओभरमा ३ विकेट १ सय ४५ रनको विशाल योगफल तयार पारेको थियो । जसमा म्यान अफ द म्याच राज वर्माले अविजित ५४ रन बनाउँदा नवराज संग्रौलाले अविजित ३१ रन र भोला सेठले २७ रनको गोगदान दिए । मेरिल्याण्डका अविजित राय र अभय मण्डलले १–१ विकेट लिए ।
जवाफमा १ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको मेरिल्याण्डले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई ८७ रनमा बनायो । जसमा मिथलेश पोद्धारले सर्वाधिक २१ रनको योगदान दिए । कान्तीपुरका अविशेक मण्डलले २ विकेट लिए ।
दोस्रो खेलमा विकेभिएम कलेजले कोबास कलेजलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोबासले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाई ९७ रनको समान्य योगफल खडा गरेको थियो । जसमा दिपेश मण्डलले २२ रनको योगदान दिए । विकेभएमका म्यान अफ द म्याच विक्रम मेहताले ४ विकेट लिँदा विजय यादवले पनि ३ विकेट लिए ।
जवाफमा ९८ रनको सामान्य योगफल पछ्याएको विकेभिएमले १३ ओभरमा ३ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जसमा शिभम यादवले २२ रनको योगदान दिए । कोवासका अभय यादव र दिपेश मण्डलले १–१ विकेट लिए ।


यसैगरी फुटबलको पहिलो खेलमा पथरीको रेड स्टार कलेजले विराटनगरको लर्डबुद्ध कलेजलाई ४–१ को गोल अन्तरले पराजित ग¥यो । रेड स्टारका म्यान अफ द म्याच सुरज लिम्बुले ह्याट्रिकसहित ३ गोल र संजोग राईले एक गोल गरे । लर्डबुद्धका अनुज ताजपुरियाले सान्तवना गोल फर्काए ।
दोस्रो खेलमा ग्रामथानको जनक मेमोरिय कलेजले विराटनगरको कान्तीपुर कलेजलाई पेनाल्टी सुट आउटमा ३–१ को गोलले हरायो । निर्धारित समयसम्म गोल खेल बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । खेलको म्यान अफ द म्याच जनकका गोलकिपर जिवनकुमार सरदार थारु घोषित भए ।


तेस्रो खेलमा शिक्षादिप कलेजले अरनिको कलेजलाई १–० को गोल अन्तरले हरायो । जितको लागि शिक्षादिपका एकमात्र निर्णायक गोल बुद्ध श्रेष्ठले गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
भलिबलको पहिलो खेलमा छात्रतर्फ मोर्डन एरा कलेजले कोशी क्याम्पसलाई २–१ को सेटले पराजित ग¥यो । खेलको म्यान अफ द म्याच मोर्डन एराका अर्जुन दंगाल घोषित भए । त्यैसे गरि छात्रातर्फ अर्किड कलेजले पथरिको रेड स्टार कलेजलाई २–१ को सेटले हरायो । खेलको म्यान अफ द म्याच अर्किडकी राशिका परियार घोषित भइन् ।

सम्बन्धित समाचार

विराटनरमा एसिसिएको नयाँ कक्षा सञ्चालन, शिक्षालय फाउन्डेशनमा विद्यार्थीको आकर्षण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड...

१ मार्चभन्दा अघि भिसा सकिएर लागेका जरिमाना दुबईले गर्‍याे मिनाहा

काठमाडाैं, १ जेठ-यूएई सरकारले भिजिट र इम्प्लोइमेन्ट सबै किसिमका भिसामा लागेको जरिमाना (फाइन)हरू मिनाहा गरेको छ । पहिले १ मार्चयता लागेको फाइन मात्र मिनाहा गरेको थियो भने पछिल्लो निर्णयले १ मार्चभन्दा अघि भिसा सकिएर लागेका...

बढ्यो कोरोना, थप १ सय १३ जनामा संक्रमण

कोरोनाको संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ को परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो...

तराई-मधेसलाई मरुभूमिकरण गर्ने काम स्वीकार्य हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् । शुक्रबार ट्वीट गर्दै उनले वातावरणीय सन्तुलन विगार्ने तथा तराई–मधेस र भित्रीमधेसलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने...

जनगणनाका लागि ४३ हजार गणक, तीन किसिमका प्रश्न

काठमाडौं, २४ कात्तिक-केन्द्रीय तथ्यांक विभागले १२ औँ जनगणनाका लागि ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गर्ने भएको छ । विभागले जनगणनाको लागि तयारी अघि बढाएको जनाएको छ । संघीयतापछिको पहिलो जनगणनाका...

कटहरीमामा पनि खोल्यो एमालेले खाता, वडाध्यक्षमा राजवंशी विजयी

विराटनगर, ३१ वैशाख । प्रदेश १ को राजधानी विराटनगरसँगै सीमा जोडिएको मोरङको कटहरी–१ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडाध्यक्षमा हरी राजवंशी ८९४ मतसहित विजय भएका हुन् । सो वडाको वडाध्यक्ष एमालले जितेपनि अन्य...

कृष्णबहादुर गिरि ‘सिद्धबाबा’ लाई पूपक्षका लागि झुम्का कारागार पठाइयो

विराटनगर, फागुन २०–एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतको आदेश अनुसार प्रहरीले पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको छ । उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाई...

उदयपुरमा कोरोना संक्रमित बढ्दै जाँदा लहानमा त्रास

सिरहा, १० वैशाख-उदयपुरका २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानमा त्रास फैलिएको छ । उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरूले छिमेकी जिल्ला उदयपुरमा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्