नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा दोस्रो कार्यकालका लागि गणेश बस्नेत चयन भएका छन् । पोखरामा भएको संगठनको नवौँ महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो ।
प्रेस चौतारीले १७ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन तथा देवीका घर्तीमगर हरेका छन् । हिरामान लामा महासचिवमा चयन भएका छन् भने सुरोजंग पाण्डे र राजु सुवेदी उपमहासचिवमा चयन भएका छन् ।
त्यस्तै विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् भने ईन्द्र आचार्यलाई कोषाध्यक्ष बनाइएको छ ।
प्रेस चौतारीले अनुशासन, लेखा र निर्वाचन गरी तीन वटा आयोग बनाएको छ । जसअन्तर्गत अनुशासन आयोगकोअध्यक्षमा नवराज महतारा, लेखा आयोगको अध्यक्षमा सटेन्द्र जबेगु र निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल चयन भएका छन् ।