
एजेन्सी, जेठ २४–विश्वमा कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरको तथ्यांकका अनुसार नेपाली समय रातको १२ बजे सम्ममा विश्वमा कोरोना संक्रमणबाट ४ लाख १ सय २६ जनाको मृत्यु भएको छ ।
हाल सम्म विश्वमा ६९ लाख २० हजार १ सय ४३ जनाका संक्रमण पुष्टि भएकोमा ३३ लाख ८८ हजार २ सय ८६ जना निको भएर घर फर्किएका छन् । जस मध्ये ३१ लाख ३१ हजार ७ सय ३१ जना उपचाररत छन् । ५३ हजार ५ सय ९८ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनाइएको छ ।