अवरोध अन्त्य गरी संसद सञ्चालनका लागि सहयोग गर्न सभामुख सापकोटाको रुलिङ

 न्यूज विराट
अवरोध अन्त्य गरी संसद सञ्चालनका लागि सहयोग गर्न सभामुख सापकोटाको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अवरोध अन्त्य गरी संसदलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सहयोग गर्न रुलिङ गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा रुलिङ गर्दै सभामुख सापकोटाले अवरोध हटाएर संसदलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

सभामुख सापकोटाले संसद अवरोध हुँदा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने काम प्रभावित भएको बताए ।

सभामुख सापकोटाले विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको बताए ।

‘संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरूले मलाई पटक-पटक ध्यानाकर्षण गराउनु भएको छ,’उनले संसदमा रुलिङ गर्दै भने, ‘ संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्दछु ।’

 

सम्बन्धित समाचार

डब्लूएचओका नेपाल प्रतिनिधि भन्छन् : स्थानीय तहले सक्रियता बढाए कोरोनाको जोखिम घट्छ

काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा...

कांग्रेस नेता कोइरालाले बालकोट पुगेर ओलीलाई भेटे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गरेका छन् । नेता कोइराला मंगलबार ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल...

प्रदेश २ सरकारले बलिदानी दिवस मनाउने

जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो । बिहीबार बसेको...

तीन किशोरीको उद्धार

इलाम, २३ पुस-भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका...

नेपाल क्रिकेट सङ्घ (क्यान) को समिति विस्तार

काठमाडौं, १६ असार-नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्ना ४ समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद...

मकवानपुरमा हावाहुरी, २ जनाको मृत्यु 

मकवानपुर, १३ जेठ-मकवानपुरको राक्सिराङ गाउँपालिकामा हावाहुरीले रूख ढल्दा च्यापिएर १ महिला र १ बालकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि २ नाको मृत्यु भएको र २ जना घाइते भएको पुष्टि गरे...

सम्झाना खत्री परियारको हत्याका अभियुक्त उनकै प्रेमी

विराटनगर, माघ २६–विराटनगर १२ स्थित उखुबारीमा माघ २४ गते मृत भेटिएकी सम्झना खत्री परियारको अवैध प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ । सम्बन्धमा तिक्तता आएपछि सप्तरी घर भएका २५ बर्षिय सुरेन्द्र साहले उनको हत्या...

सरिता गिरीकाे ठाउँमा लीला सिटाैला बनिन् सांसद

काठमाडाैं, १२ साउन-निर्वाचन आयोगले लीला सिटौलालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाे घोषणा गरेको छ ।जनता समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीकाे ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सांसद बनाउने निर्णय भएकाे निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 'सरिता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्