काठमाडौं, फागुन २ । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन चुनौती दिनुभएको छ ।
‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन,’ जवराको भनाई छ । संसदबाट महाभियोग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्यो सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियोग पारित हुँदैन ।
एमालेको आइतबारको सचिवालय बैठकले महाभियोग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेको थियो । एमाले संसदीय दलको बैठक आज बस्दैछ ।