४१ करोड लगानीमा नमस्ते पे : इन्टरनेटदेखि विद्युत र पानीसम्मकाे बिल भुक्तानी गर्न सकिने

 न्यूज विराट
४१ करोड लगानीमा नमस्ते पे : इन्टरनेटदेखि विद्युत र पानीसम्मकाे बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट अनुमति पाइसकेको नमस्ते पे नेपाल डिजिटल पेमेन्ट्स कम्पनी नेपाल टेलिकमको ६२ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ३८ प्रतिशत गरी कुल ४१ कराेड लगानीमा स्थापना गरिएको हाे ।

विद्युतीय तथा सिमबाट समेत भुक्तानीको व्यवस्था गरिने तयारीका साथ अघि बढाइएको यस योजना अन्तर्गत सुरुवातमा भने सिमीत मात्रै भुक्तानी गरिने उल्लेख गरिएको छ । जसअन्तर्गत वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएकाे टेलिकमले जनाएको छ ।

मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

नमस्ते पेको वित्तीय सुविधालाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने रणनीतिक आयोजनाको रुपमा टेलिकमले अघि बढाएको हो ।

सम्बन्धित समाचार

पाँच दलीय गठबन्धनलाई एमाले काफी छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको बैशाखी टेकेर चुनाव नलड्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको बताए । ‘पाँच...

कोरोनाभाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

काठमाडाैं, १४ वैशाख-कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले यस हप्ताको सुरुमा नै...

पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

एजेन्सी, असार १९-पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् । यात्रुबाहक...

कोरोना भाइरसको महामारीकाबीच पर्यटकका लागि दुबई खुल्यो

एजेन्सी, असार २३-कोरोना भाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । कुवेतका ठुलठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, माघ १६–मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार राती मोरङको कटहरी गाउँपालिका–७ होडियारीमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर...

विहान वेलुका हातमुख जोर्न समस्यमा परेका १५० परिवारलाई खाद्यान्न वितरण

विराटनगर, जेठ १०–बन्दाबन्दीका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका विपन्न परिवारहरुलाई आज यहाँ युवा समूहले खाद्यान्न राहत वितरण गरेका छन् । विराटनगर महानगरपालिका वडा नं ११ का युवा मनिष गुरुङ एवं समूहले आफ्नो व्यक्तिगत...

अमेरिकन आइडलमा दिवेश भए दोस्रो

एजेन्सी, जेठ ५-अमेरिकन आइडलमा नेपाली मूलका (आर्थर गन) दिवेश पोख्रेल दोस्रो भएका छन् । आइडलको उपाधि भने जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम सामन्था डियाज हो । सोमबार बिहान भएको फिनालेमा उनी अन्तिम...

२२ घण्टापछि सेनाले उठायो वृद्धाको अलपत्र शव

विराटनगर, ३२ साउन|शनिबार राति मृत्यु भएकी विराटनगर–३ की बृद्धाको शव नेपाली सेनाले उठाएको छ । वृद्धाको छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि उनको अन्तेष्टिमा आफन्त तथा छिमेकी संक्रमणको डरले नआएपछि समस्या भएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्