नेकपा (एमाले) मोरङले सुरु गर्यो तीन महिने ‘वडा जागरण’ अभियान

 न्यूज विराट
नेकपा (एमाले) मोरङले सुरु गर्यो तीन महिने ‘वडा जागरण’ अभियान

विराटनगर, ७ माघ । नेकपा (एमाले) मोरङले तीन महिने ‘वडा जागरण’ अभियान सुरु गरेको छ । शुक्रबार विराटनगरमा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पूर्ण बैठकले जिल्लाका एक सय ५९ वटै वडामा ‘वडा जागरण’ अभियान गर्ने निर्णय गरेको हो ।

आगामी तीन महिनासम्म कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर उच्च सतर्कताका साथ जागरण अभियान सञ्चालन गरिने नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकले वडा जागरण अभियान सञ्चालन गर्नका लागि सवै मातहतका कमिटीहरुलाई सर्कुलरसमेत जारी गरेको छ । सर्कुलर अनुसार वडा जागरण अभियान अन्तर्गत आगामी माघ १५ गतेभित्र पालिका कमिटीहरुको बैठक सम्पन्न गरिसक्नुपर्ने छ ।

त्यस्तै वडा÷शाखा कमिटीहरुको बैठक माघ २० गतेभित्र सम्पन्न गर्नुपर्ने, टोल कमिटीहरु निर्माण तथा बैठक, पार्टी सदस्यहरुको भेला, सपथग्रहण र वडा तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए । सचिव खतिवडाले तीन महिने वडा जागरण अभियान अन्तर्गतनै छुटेका पार्टी सदस्यहरुको नवीकरण, नयाँ पार्टी सदस्यको उम्मेदवार फारम भराउने, वडास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गरिने, जगसंगठनहरुसँग समन्वय गरि वडा कमिटी निर्माण र परिचालन गरिने बताए ।

यस्तै पार्टीबाट निर्वाचीत जनप्रतिनिधिहरुले सम्पादन गरेका कार्यप्रगती विवरण तयार गरि घरदैलो अभियान सञ्चालन गर्ने, पार्टीकाविरुद्ध विपक्षी र विरोधीहरुले चलाएका भ्रमहरु चिर्दै उनीहरुले गरेका जनविरोधी कामहरुको भण्डाफोर गरिने, आगामी तीनवटै तहको निर्वाचन केन्द्रीत पूर्वतयारीका कार्यहरु अघि बढाउने, वडाका मुख्य चोक÷केन्द्रमा स्थानीय आवश्यकता अनुसार रचनात्मक कार्यहरु सञ्चालन गरिने सचिव खतिवडाले बताए ।

त्यस्तै कोरोना महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट सर्वसाधारण जनतालाई सुरक्षित हुन जनचेतना र सावधानीका उपायहरुसहित स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग समन्वय गरि आवश्यक सहयोग पुर्याउन सम्पूर्ण नेता कार्यकर्ताहरु परिचालित हुने जनाइएको छ ।

तीन महिने अवडा जागरण अभियान सञ्चालन गर्दा पालिका कमिटीको बैठकबाट सम्बन्धीत वडामा रहेका प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरुको सहयोग लिई पालिका कमिटीका सदस्यहरु र वडा कमिटीका पदाधिकारीहरु रहेको प्रत्येक वडामा उत्प्रेरक टोली निर्माण गरिने सचिव खतिवडाले जानकारी दिए ।

पहिलो पूर्ण बैठकले जिल्ला कमिटीको पूर्ण व्यवस्थापनका लागि कार्य विभाजन, सचिवालय, विभाग, जेष्ठ कम्यूनिष्ट मञ्च, जिल्ला सल्लाहकार परिषद र जिल्ला प्रतिनिधि परिषद गठनको प्रस्ताव तयार गरि आगामी जिल्ला कमिटीको बैठकमा पेश गर्ने अधिकार पदाधिकारी बैठकलाई सर्वसम्मत रुपमा प्रदान गरेको छ ।

त्यस्तै बैठकले ९ औँ जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्ने अध्यक्ष मण्डल, निर्वाचन कमिटी, माइन्यूट समिति, बहस नोट समिति, अधिवेशन सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरु, प्रतिनिधि, स्वयंसेवक, प्राविधिक, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको सचिव खतिवडाले जानकारी दिए ।

बैठक अघि ९ औँ जिल्ला अधिवेशन गर्न गठित अध्यक्ष मण्डलका अध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य विनोद ढकालको अध्यक्षतामा सपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा ९ औँ अधिवेशनबाट सर्वसम्मत निर्वाचित एमाले जिल्ला कमिटी मोरङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिए । कार्यक्रममा ९ औँ जिल्ला अधिवेशनको निर्वाचन समितिका प्रमुख चुडामणि आचार्यले सवैभन्दा पहिला नवनिर्वाचित अध्यक्ष ऋषिकेश पोखरेललाई सपथ गराएका थिए । त्यसपछि अध्यक्ष पोखरेलले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।

कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य गुरु वरालले सर्वसम्मत रुपमा चयन भएको जिल्ला कमिटीले आगामी निर्वाचनहरुमा एमालेलाई पहिलो पार्टी बनाउन शसक्त रुपमा लाग्नु पर्ने बताए । उनले एमाले बिरोधीहरुले छरेको भ्रम चिर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामका विषयमा जनतालाई जानकारी दिन आवश्यक भएको बताए ।

एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकालले अब छिटै देश निर्वाचनमा देश जाने भएकाले एमालेलाई मोरङ जिल्लामा पहिलो बनाउने गरि कार्य थाल्न निर्देशन दिए । कार्यक्रममा ९ औँ अधिवेशनको अध्यक्ष मण्डलका तर्फबाट, अध्यक्ष मण्डलका सदस्य सत्यनारायण चौधरी, खेम नेपाली, एमाले प्रदेश १ अध्यक्ष तुलसी न्यौपाने, प्रदेश सचिव चिन्तन पाठक,पूर्व राष्ट्रियसभा सदस्य खेम नेपाली, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

एजेन्सी, असार ९-भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको हो । त्यस्तै, त्यहाँ अहिलेसम्म...

ऋचा मेमोरियल टी–२० क्रिकेट : दिल्लीलाई हराउँदै नेपाल पुलिसको सानदार जित

विराटनगर । विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न...

बाक्लो हुस्सु र अत्यधिक गतिका कारण दुर्घटना, दुई जनाको मृत्यु

विराटनगर, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज...

मेरो अर्जुनदृष्टि कृषि क्षेत्रमा बिग्रिएका व्यवस्था फेर्न केन्द्रितः भुसाल

बुटवल,  २९ कात्तिक-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा बिग्रिएको व्यवस्था फेर्न आफू अर्जुनदृष्टिका साथ लागेको बताएका छन् ।  मुलुकको कृषि व्यवस्था लामो समय अस्तव्यस्त हुँदा मुलुक गरिब बनेको भन्दै त्यसलाई फेर्न आफ्नो...

न्युरोमा ५० शैयाको कोभिड–१९ अस्पताल सञ्चालन

विराटनगर, १२ भदौ-विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहित ५० शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याएको हो ।...

विराटनगरको कोभिड–१९ अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर, ४ भदौ-प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास...

प्रहरीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले बर्दी लगाएको प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी...

लकडाउनको ८३ दिनपछि सरकारी कार्यालय खुल्दै

काठमाडौं, १ असार-कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लडाउनको ८३ दिनपछि आजदेखि सबै कार्यालय खुल्ने भएका छन् । लकडाउनले सर्वसाधारणको दैनिकी कष्टपूर्ण भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्