पाँच दलीय गठबन्धन तोडेर होइन, कायमै राखेर एमालेले चुनाव जित्छ:ओली

 न्यूज विराट
पाँच दलीय गठबन्धन तोडेर होइन, कायमै राखेर एमालेले चुनाव जित्छ:ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचनको तयारीबारे सातै प्रदेशमा हुन लागेको प्रशिक्षण कार्यक्रमको शुक्रबार भर्चुअल रूपमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोडेर नभई कायमै राखेर आफूहरूले निर्वाचन जित्ने दाबी गरेका हुन् ।

‘अहिलेको पाँच दलीय गठबन्धन तोडेर होइन, गठबन्धन कायमै राखेर हामीले निर्वाचन जित्छौँ,’ उनले भने । उनले स्थानीय तहको निर्वाचनमा मात्रै नभएर त्यसपछि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेले बहुमत प्राप्त गर्ने बताए ।

अध्यक्ष ओलीले निर्वाचनबाट कसैलाई भाग्न नदिने पनि चेतावनी दिए । ‘भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ,’ ओलीले भने, ‘हामी निर्वाचनबाट कसैलाई भाग्न पनि दिँदैनौं ।’

ओलीले बत्ती निभाएर र  मतपत्र च्यातेर चुनाव जित्ने कल्पना नगर्न पनि चेतावनी दिए । ‘ हिजो केही मान्छेले बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जितेका थिए,’ उनले भने, ‘हिजोजस्तै बत्ती निभाएर  र मतपत्र च्यातेर जित्ने कल्पना अब नगरे पनि हुन्छ । ‘

सम्बन्धित समाचार

इन्धनको मूल्य घट्दैन :आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...

पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पौढ महिलाहरुलाई साक्षर बनाउने अभियान सुरु गरेको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का २० जना प्रौ...

घरेलु तथा साना उद्योगका समस्या समाधान गर्न माग

विराटनगर, फागुन २२–घरेलु, लघु तथा साना उद्योगीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा उद्योगीहरुले प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री बिजय बिस्वासलाई...

मुसहर समुदाय माथिको विभेद अन्त्य गर्न माग

विराटनगर, २४ माघ । जिल्ला भेलाको आयोजना गरी सुनसरीका मुसहर समुदायले आफुहरु माथिको विभेद अन्त्यको माग गरेका छन् । सुनसरीको इनरुवा जिल्ला भेलाको आयोजना गरेको मुसहर समुदायले आफुहरु माथिको असमानताको खाडल पुरिनु पर्ने बताउँदै अधिकार...

रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा सुरु

विराटनगर, फागुन १०–मोरङको रतुवामाई नगरपालिकाको छैठौँ नगरसभा शनिबारदेखि सुरु भएको छ । रतुवामाई नगरपालिकाले वडा नं. ६ सौँठा स्थित बुधबारे बजारमा शनिबार बृहत भेला आयोजना गर्दै आफ्नो छैठौँ नगरसभा सुभारम्भ गरेको हो ।कार्यक्रममा रतुवामाई नगरपालिकाका...

विराट गोल्डकप चैत १४ गतेबाट सुरू, तीन विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागि हुने

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट...

कृषि विकास बैंक क्षेत्रीय कार्यलयद्धारा सामग्री हस्तान्तरण

विराटनगर, २४ असार । संखुवासभाको मकालु गाउँपालिका हेदाना ३ गोलेचौर स्थित हिमालय माध्यमिक विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । सो विद्यालयलाई कृषि विकास वैंक लिमिटेडले संस्थागत उत्तरदायित्व अन्तर्गत डेल कम्पनीको ल्यापटप ५ थान ,...

असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन

काठमाडौं, २५ भदौ-नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा यातायात क्षेत्रलाई कोरोनाका कारण भएको लकडाउनलगायतका कारण अति प्रभावितको वर्गमा राखे पनि कार्यविधिमा भने मध्यम प्रभावित भनिएपछि यातायात व्यवसायीले त्यसको विरोध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्