काठमाडौं, २० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजकाे माैसममा सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसबाहेक मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू-भागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज राति देशभरकाे माैसममा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चटयाङ्सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।