फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 न्यूज विराट
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि काठमाडौंको लागि (निगमको डिपो क्षेत्रको १५ किमि परिसरभित्र) पेट्रोलको खुद्रा मूल्य १३९ रूपैयाँ पुगेको निगमले जनाएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १२२ रूपैयाँ पुगेको छ ।

निगमले आन्तरिक हवाइ इन्धनमा साविकको मूल्यमा प्रतिलिटर पाँच रूपैया वृद्धि गरी प्रतिलिटल १०६ रूपैयाँ पुर्‍याएको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरी ९९५ अमेरिकी डलर पुर्‍याइएको छ ।

खाना पकाउने एलपी ग्यासमा भने घाट भए पनि हाललाई मूल्य नबढाइएको निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि पनि १५ दिनमा १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ । जसअनुसार १५ दिनमा पेट्रोलमा करिब ३४.८१ करोड, डिजेलमा करिब ५७.४३ करोड घाटा हुने निगमको भनाइ छ । मट्टितेलमा भने १५ दिनमा २,०७ करोड नाफा हुने निगमले जनाएको छ । मूल्यवृद्धिपछि हवाइ इन्धनमा आन्तरिकतर्फ १५ दिनमा करिब २.६१ करोड र वाह्यतर्फ १३.७९ करोड नाफा हुने निगमले जानकारी दिएको छ ।

निगमका अनुसार एलपी ग्यासमा अहिले प्रतिसिलिन्डर ६४६.१६ रूपैयाँ घाटा भइरहेको छ । जसअनुसार १५ दिनमा ११४.८६ करोड घाटा हुने निगमले जनाएको छ ।

सम्बन्धित समाचार

इलाममा आज एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना

इलाम, २२ साउन-इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही १८ साउनमा स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर...

चालक अनुमतिपत्रको अनलाइन फाराम भर्न प्राविधिक समस्या

काठमाडौं, २१ पुस-चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेकाले छिट्टै सञ्चालनमा...

किराँत समुदायले आज उँभौली पर्व मनाउँदै

काठमाडौं, २५ वैशाख-प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा...

भारतमा अघिल्लाे दिनकाे तुलनामा संक्रमित घटे, ४३९ जनाकाे मृत्यु

एजेन्सी, १० माघ । भारतमा ३ लाख ६ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् । २४ घण्टाकाे अवधिमा ३ लाख ६ हजार ६४ जना काेराेना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।...

५ हजार ११० नुमना परीक्षण गर्दा थपिए ५११ संक्रमित

काठमाडौं, १५ पुस-नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमुना परीक्षण गर्दा २०४ महिला र ३०७ जना पुरुषमा कोरोना...

काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...

फ्लोर क्रस गर्ने तीन सांसदलाई मुख्यमन्त्री शाहीले दिए मन्त्री पद ‘उपहार’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतप्राप्त गरेसँगै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले एमालेको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने सांसदहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पद उपहार दिएका हुन्...

बाइडेनको आदेशमा पहिलो हवाई हमला

एजेन्सी, १४ फागुन । अमेरिकी राष्ट्रपति जोन वाइडेनको आदेशमा सिरियामा इरान समर्थिक लडाकुको अखडामा हवाई हमला भएको छ ।बीबीसीका अनुसार हमलामा २२ जनाको मृत्यु भएको आशंका छ । पेन्टागनले हमलाको पुष्टि गरिसकेको छ । राष्ट्रपति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्