रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

 न्यूज विराट
रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

काठमाडौं, ४ मंसिर-नेपाल रेडक्रस सोसाइटीले सरकारलाई सात वटा भेन्टिलेटर सहयोग गरेको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोगस्वरूप उपलब्ध गराएको हो ।

बिहीबार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरूप भेन्टिलेटर उपलब्ध गराएको हो । रेडक्रसले सातवटै प्रदेशलाई एक/एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो ।

भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीको उपचारका लागि महत्त्वपूर्ण हुने बताए । यस्तै, उपलब्ध भेन्टिलेटर सातवटै प्रदेशका सबैभन्दा धेरै बिरामी आउने अस्पतालमा उपलब्ध गराउने प्रतिबद्धतासमेत मन्त्री ढकालले व्यक्त गरे ।

रेडक्रसले उपलब्ध गराएको भेन्टिलेटरमध्ये एकवटा भेन्टिलेटर बागमती प्रदेशअन्तर्गत काठमाडौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आजै उपलब्ध गराइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारतीय सरकारले २८ वटा भेन्टिलेटर र अमेरिकी सरकारले एक सय वटा भेन्टिलेटर उपलब्ध गराएका थिए ।

सम्बन्धित समाचार

आज १३८२ संक्रमित थपिए, १६२१ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ९ सय ४७ को पीसीआर गर्दा आज १ हजार ३ सय ८२ संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल...

अब सामाजिक सुरक्षा कोषमा विदेशिएका नेपाली पनि समेटिने

काठमाडौं, २ जेठ-वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको पनि अब योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विदेश गएर कमाइ गर्ने व्यक्तिहरूलाई...

विहान वेलुका हातमुख जोर्न समस्यमा परेका १५० परिवारलाई खाद्यान्न वितरण

विराटनगर, जेठ १०–बन्दाबन्दीका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका विपन्न परिवारहरुलाई आज यहाँ युवा समूहले खाद्यान्न राहत वितरण गरेका छन् । विराटनगर महानगरपालिका वडा नं ११ का युवा मनिष गुरुङ एवं समूहले आफ्नो व्यक्तिगत...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, २८ माघ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय...

इन्द्र आङ्बोले पढे अविश्वास प्रस्तावको पत्र, २० गतेसम्मका लागि बैठक स्थगित

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेस भएकाे छ । नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेकाे हाे । केही साताअघि मुख्यमन्त्री राईले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले बैठकमा अविश्वास...

पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । यसैगरी, बालहितकारी परियोजनाले १ लाख १...

प्रदेश प्रमुखद्धारा कोशी प्रदेशमा सरकार गठनको आव्हान, असार २१ गतेसम्म समय

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । आइतबार साझ उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान...

विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको सचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको को अवसरमा सचेतनामूलक कार्यक्रम गरेको छ । अक्टोबर ६ मा विश्व ‘सेरेब्रल पाल्सी’ को दिन क्लबले एक सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगरस्थित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्