आज विराटनगरमा १३७ कोरोना संक्रमित थपिए

 न्यूज विराट
आज विराटनगरमा १३७ कोरोना संक्रमित थपिए

विराटनगर २ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, ताप्लेजुङ र भोजपुरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १३७, बुढीगंगामा १३, सुन्दरहरैचा र कानेपोखरीमा ३–३, रतुवामाई, कटहरी र बेलबारीमा २–२, जहदा, रंगेली, उर्लाबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा २०, दमकमा १३, कनकाईमा ९, मेचीनगरमा ५, अर्जुनधारामा ३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, भद्रपुर ,कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २५, धरानमा ७, इनरुवामा ४, रामधुनी, गढी र दुहवीमा ३–३, कोशी गाउँपालिकामा २, भोक्राहानरसिंह, हरिनगर, बर्जु र बराहक्षेत्रमा १–१, उदयपुरको चौदण्डीगढीमा ३ र त्रियुगामा २, ताप्लेजुङको आठराई त्रिवेणी र सिदिङ्वामा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, खोटाङको दिप्रुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७ महिला र १४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ६८० रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मोडेर्नाको कोरोनाविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी

एजेन्सी, मंसिर १-मोडेर्नाले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको छ । सोमबार सो कम्पनीले तत्काल प्राप्त तथ्यांकको विश्लेषणबाट खोप प्रभावकारी रहेको पाइएको जनाएको छ । फाइजर कम्पनीले बनाएको खोप...

नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको ९ औँ जिल्ला सम्मेलन सुरु

विर्तामोड, १ असार । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको जिल्ला अधिवेशन सुरु भएको छ । झापाको विर्तामोडमा मुक्ति समाजको ९ औ जिल्ला सम्मेलन बुधबारदेखि सुरु भएको हो । जिल्ला...

डिएभि स्कुलले मनायो २९ औं अभिभावक दिवस

विराटनगर । विराटनगरस्थित डिएभी स्कुलले २९ औं अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।शुक्रबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसमा विद्यार्थीहरुले तयार पारेको फुड, चित्रकला,...

शिक्षादीप स्पोर्टस् मिट सुरू,पाँच सय बढी विद्यार्थीको सहभागि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...

सप्तरीमा मृग मार्ने २ जना पक्राउ

जनकपुर, १९ वैशाख-लकडाउनका बेला प्रदेश–२ को वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि सिकारी र तस्कर पक्राउ पर्न थालेका छन् । यसैबीच, जिल्लाको अग्नीसाइर कृष्णासवरण...

गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा, १५ असार-गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी...

एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

एजेन्सी, १ कात्तिक-दुई पटकको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल, एभर्टनसँग बराबरीमा रोकिएको छ ।  शनिबार भएको ‘मर्सीसाइड डर्बी‘मा एभर्टनसँग लिभरपुल २–२ गोलको बराबरीमा रोकिएको हो । तेस्रो मिनेटमा साडियो मानेको...

कोरोना खोप समयमै निःशुल्क उपलब्ध गराउन छलफल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा संघीय मामिला, स्वास्थ्य तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्