नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको ९ औँ जिल्ला सम्मेलन सुरु - News Birat

नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको ९ औँ जिल्ला सम्मेलन सुरु

न्यूज विराट

विर्तामोड, १ असार । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको जिल्ला अधिवेशन सुरु भएको छ । झापाको विर्तामोडमा मुक्ति समाजको ९ औ जिल्ला सम्मेलन बुधबारदेखि सुरु भएको हो ।

जिल्ला सम्मेलनको पूर्वमन्त्रीसमेत रहेका एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलले उद्घाटन गरे ।

अधिवेशनमा झापाका १५ वटै पालिकाबाट २ सय ६० जना प्रतिनिधिहरुको सहभागिता रहेको मुक्ति समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेलले जानकारी दिए । उनका अनुसार सम्मेलन बिहिबार सम्पन्न हुनेछ ।

सम्मेलनबाट सात पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुने जनाइएको छ । अहिले उद्घाटन सत्र चलिरहेको छ ।

 

 

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles