प्रदेश १ मा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ११३ जना थपिए

 न्यूज विराट
प्रदेश १ मा फेरी बढ्न थाल्यो कोरोना संक्रमण, आज ११३ जना थपिए

विराटनगर, २६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५१, कानेपोखरी, कटहरी र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ९, भद्रपुर र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र मेचीनगरमा ३–३, दमक, कनकाई र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरी र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा घर भाडामा लिएर ठगीधन्दा, पाँच जना पक्राउ

विराटनगर । विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा प¥यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी...

९ महिनापछि खुल्दै नयाँ चालक अनुमतिपत्रको परीक्षा

काठमाडौं, १५ पुस-नौ महिनादेखि बन्द रहेको नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा खुलाउन तयारी शुरु गरिएको छ । नेपालमा गत चैतमा कोभिड–१९ को सङ्क्रमण देखिन थालेसँगै सरकारले नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेको थियो । यातायात...

काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ । तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो ।...

मालदिभ्समा कोभिड– १९ का सङ्क्रमित बढ्दै

एजेन्सी, ८ भदौ-दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड– १९ का सङ्क्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा त्यहाँ सङ्क्रमितहरूको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको...

पाल्पाको खुर्सानेमा दुर्घटना, ६ जनाको मृत्यु

रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे...

मृतक वडा अध्यक्ष र ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

धनगढी, १४ जेठ-कैलाली र कञ्चनपुरका मृतक २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा...

२४ घण्टामा १२०७ संक्रमित थपिए, ११४७ जना डिस्चार्ज

काठमाडौं, १० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा: मन्त्री घिमिरे

विराटनगर, बैशाख २६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्