काठमाडौं, १८ पुस । आइतबार शेयर बजारबाट १ सय ६८ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । यस दिन नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ अंकमा बन्द हुँदा कारोबारमा आएका प्राय: कम्पनीका लगानीकर्ताले शेयरमूल्य बढाउन सफल बनेका हुन् ।
आइतबार ७१ लाख ६० हजार ७९ सय ८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँको कारोबार हुँदा १८ कम्पनीको शेयरमूल्य घटे र चारवटा कम्पनीको शेयरमूल्य यथावत् छ भने १ सय ६८ कम्पनीको शेयरमूल्य बढेको छ ।
बढ्नेमा हिमालयन डिस्टिलरी, मध्य भोटेकोसी जलविद्युत् र सूर्या लाइफ इन्स्योरेन्सको ९ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढेको छ । यता घट्नेमा भने गोर्खाज फाइनान्स अगाडि छ । यो कम्पनीको ५ प्रतिशतभन्दा बढीले शेयरमूल्य घटेको छ ।
कारोबारमा हिमालयन डिस्टिलरी नै अगाडि छ । यो कम्पनीको ४४ करोड ९४ लाख कित्ता शेयर किनबेच भएको छ । योबाहेक नबिल बैंकको २९ करोड र शिवम् सिमेन्टको २३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।