राष्ट्रपतिद्वारा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य - News Birat

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

न्यूज विराट

काठमाडौं, २६ पुस-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा सुरु भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles