मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरेको मोटरसाईकल चोरीमा संलग्न चार जना पक्राउ

 न्यूज विराट
मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरेको मोटरसाईकल चोरीमा संलग्न चार जना पक्राउ

विराटनगर, १६ पुस । विराटनगरमा मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । पछिल्लो समय विराटनगरमा मोटरसाईकल चोरीको बिगबिगी बढ्दै गएका बेला चोरीमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

प्रहरीले फेरी मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । गत पुस ८ गते विराटनगरस्थित मेरिल्यण्ड कलेज अगाडी पार्किङ गरेको अपाची मोटरसाईकल चोरीको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका वडा नं.–७ स्थित मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरी राखेको टिभिएस कम्पनीको आरटीआर को २३ प ८८११ नम्बरको मोटरसाईकल चोरीमा संम्लग्न चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–४ का २२ वर्षीय समिर मियाँ, विराटनगर–१५ का २० वर्षीय नितेश मेहता, वेलबारी नगरपालिका–११ का २० वर्षीय सागर लिम्बु र सोही ठाउँमा २२ वर्षीय सनम मगर रहेका छन् ।

पक्राउ परेका चारै जना उपर जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले यस अघि पनि मोटर साइकल चोरीमा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

विष र करेन्टका कारण लोप हुँदै असला माछा

धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी...

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

विराटनगर, २८ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी कात्तिक ३० गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेश सरकारको तर्फबाट उनले प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिनेसम्बन्धि...

जोगवनी जाँदै गरेको कारबाट ४३ किलो गाजा बरामद, दुई जना इप्रका रानीको नियन्त्रणमा

विराटनगर । विराटनगरबाट भारततर्फ जाँदै गरेको एउटा कारबाट लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी ले विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलो गाँजासहित दुई जनालाई आज नियन्त्रणमा...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

तिब्बतले बाटाेमै राेकिदियाे चीनबाट नेपाल ल्याउँदै गरेकाे स्वास्थ्य सामाग्री

तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामाग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाईरस (कोभिड–१९) परीक्षण, रोकथाम तथा उपचारका लागि चिनियाँ कम्पनीले उपलब्ध गराएकाे स्वास्थ्य समाग्रीको गुणस्तरमा प्रश्न उठेपछि तीब्बतले बाटाेमै राेकिदिएकाे हाे ।...

विद्यालयका क्वारेन्टाइन हटाउने निर्णय

विराटनगर, १५ असोज–मोरङका शैक्षिक संस्थामा रहेका रहेका क्वारेन्टाइनहरुलाई तत्काल हटाइने भएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्था समितिको बैठकले क्वारेन्टाइन सञ्चालन भइरहेका सबै स्थानीय तहहरूलाई शैक्षिक संस्थाबाहेक अन्य स्थानमा क्वारेन्टाइन सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको...

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...

अपहरणको आरोपमा शंकर पोखरेलविरुद्ध बिमला वलीले प्रहरीमा दिइन् जाहेरी

काठमाडौं, २९ भदौ । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रदेश सांसद बिमला खत्री वलीले अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्