प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने - News Birat

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

न्यूज विराट

विराटनगर, २८ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी कात्तिक ३० गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेश सरकारको तर्फबाट उनले प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिनेसम्बन्धि सूचना दर्ता दर्ता गराएका हुन् ।

मुख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव सन्‍दीप राईले आफू प्रदेश सभामा पुगेर सरकारले विश्वासको मत लिने सम्बन्धि सूचना दर्ता गरेको जानकारी दिए ।

सूचना दर्ता भएसँगै मुख्यमन्त्री राईले मंगलबारको प्रदेशसभा बैठकमा संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गर्न सक्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles