प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

 न्यूज विराट
प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् ।

आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।

सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

उक्त विषयलाई लिएर आज प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । बैलबास बजारमा व्यपार गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य सङ्घ ईश्वरपुरले आज दिनभर बजार बन्द गराएको थियो । महतोले बैलबास बजारमा फैन्सी पसल सञ्चालन गर्दै आएका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थानीयले इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते महतोको उपचारका क्रममा मलङ्गवा अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित समाचार

गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने

काठमाडौं, १२ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने जनाएको छ । तर यसका कारण नेपालमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको...

पुन: भर्ना आव्हान नगरिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको आपत्ति

विराटनगर, फागुन १६–पूर्वान्चल विश्वविद्यालयको स्नताकोत्तर तहमा भर्ना आवेदनका लागि समय नसकिदै अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि रोकिएको भर्ना आवेदन पुन आहन नगरिएको भन्दै विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । पूर्वान्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ...

विराटनगर महानगरलाई सबैभन्दा कम बजेट

विराटनगर, २० जेठ । विराटनगरमा आगामी आर्थिक वर्षका लागि सवै भन्दा कम बजेट परेको छ । देशका ६ महानगरमध्ये आर्थिक वर्ष २०७९/०८० को लागि सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकाले पाएको हो । विराटनगरले ललितपुर भन्दा...

विराटनगरमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियुका कार्यकर्ताद्वारा मशाल जुलस प्रदर्शन

विराटनगर, ९ पुस-प्रधानमन्त्री केपी शर्माओलीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियुले विराटनगरमा मसाल जुलुससहित प्रदर्शन गरेको छ । बिहीबार साँझ माधव –प्रचण्ड समूह निकटका विद्यार्थीहरूले मसाल जुलुस सहित प्रदर्शन गरेका हुन् । विराटनगरको शनसरी...

क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

बर्दिया, ६ असार-बर्दियाको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका-३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । २ साताअघि काठमाडौंबाट...

बैंकको चर्को ब्याज विरुद्ध सोमबार विराटनगरमा बृहत छलफल

विराटनगर । बैंकको चर्को ब्याजका विरूद्ध विराटनगरका उद्योगी व्यवसायीहरूले संयुक्त रुपमा वृहत छलफल गर्ने भएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार दिउँसो साढे ३...

त्रिविमा अध्ययनरत ५ सय विद्यार्थीलाई राहत

काठमाडौं, ५ वैशाख-कीर्तिपुर नगरपालिकाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ ।नगरपालिकाले शुक्रबार साे विश्वविद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका...

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

विराटनगर, ९ मंसिर–सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दावी गरेका छन् । विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीहरुसँग कुुरागर्दै उनले नेपाली जनताले पाँचवर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्