
विराटनगर, ९ पुस-प्रधानमन्त्री केपी शर्माओलीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियुले विराटनगरमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।
बिहीबार साँझ माधव –प्रचण्ड समूह निकटका विद्यार्थीहरूले मसाल जुलुस सहित प्रदर्शन गरेका हुन् । विराटनगरको शनसरी माइस्थान र घोघापुलबाट निश्किएको विद्यार्थीको मसाल जुलुस जलजालचोकमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरे । विद्यार्थीहरूले प्रधानमन्त्री विरुद्ध नारावाजीसमेत गरेका छन् ।