त्रिविमा अध्ययनरत ५ सय विद्यार्थीलाई राहत

 न्यूज विराट
त्रिविमा अध्ययनरत ५ सय विद्यार्थीलाई राहत

काठमाडौं, ५ वैशाख-कीर्तिपुर नगरपालिकाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ ।नगरपालिकाले शुक्रबार साे विश्वविद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका लागि देभभर लकडाउन गरिएपछि विद्यार्थीलाई खाद्य सामग्री अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको कीर्तिपुर नगरपालिका-९ का अध्यक्ष एवं कीर्तिपुर नगरपालिका विपद व्यवस्थापन समितिका संयोजक गंगाराम महर्जनले बताए ।

संयोजक महर्जनले कुनै पनि विद्यार्थीलाई भोकै बस्न नपरोस् भन्ने उद्देश्यले राहत उपलब्ध गराएको बताए । उनले कीर्तिपुरमा बसोबास गर्ने स्थानीय बासिन्दा र विद्यार्थी सबैको विवरण आउने क्रममा नै रहेको र जसलाई समस्या परेको छ सबैलई राहत उपलब्ध गराउने उनले बताए ।

विद्यार्थीलाई राहत वितरण गर्ने कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राचार्य कृष्ण प्रसाद आचार्यले सबै विद्यार्थीलाई राहत पुगोस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा राहत वितरण गरिएको बताए । उनले विश्व विद्यालयमा अध्यनरत करिब ५ सय जनाले राहत पाएको जानकारी पनि दिए ।

नगरपालिकाले विद्यार्थीलाई १० किलो चामल, दाल, तेल, नुन, आलुलगायतका खाद्य सामग्री उपलब्ध गराएको छ । कीर्तिपुर नगरपालिकामा बसोबास गर्ने जुनसुकै विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई समस्या भए खाद्यान्न उपलब्ध गराउने नीति लिएकाले समस्या भए सम्पर्क गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृता फेला परेका छन् । तीमध्ये एउटा बुढो र अर्को बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा...

नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ

विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

नेकपा विवाद समाधान गर्न पौडेलको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं,  ३० साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ...

शिक्षादीप कलेजद्वारा अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज अग्निपीडित बालवालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएक ाविद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक सोमबार वितरण गरेको हो । शिक्षादीप कलेजका...

विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर, ९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्