भारतमा सेक्युरिटी गार्डको जागिर लगाइदिन्छु भन्दै ठगि गर्ने व्यक्ति विराटनगरबाट पक्राउ

 न्यूज विराट
भारतमा सेक्युरिटी गार्डको जागिर लगाइदिन्छु भन्दै ठगि गर्ने व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर, २९ मंसिर । भारतमा जागिर लगाइदिने भन्दै ठगि गरेको आरोपमा एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल रहेका छन् ।

उनले विराटनगर बसपार्कबाट भारतमा सेक्यूरिटी गार्डमा जागिर लगाई दिन्छु भन्दै उदयपुरको त्रियुगा नगरपालिका–८ का उमेश कुमार दनुवार र सोही स्थानका प्रेम कुमार दनुवारबाट पटक–पटक गरी एक लाख ७३ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

उनलाई अदालतबाट ठगी कसूरमा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौं, १९ कात्तिक-त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ...

काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण

बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर...

नेपाल औषधि व्यवसायीद्वारा मुख्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई नेपाल औषधि व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेश र मोरङले ज्ञापन पत्र बुझाएको छ । विभिन्न माग राख्दै एनसीडिए मोरङले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर संघका पदाधिकारीहरूले महत्वपूर्ण...

लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको...

यस्तो छ आजको मौसम

काठमाडौं, १० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...

डियर ह्याक कार्यक्रममा हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी प्रथम

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका पुरुषोत्तम सुवेदी डियर ह्याक कार्यक्रममा प्रथम भएका छन् ।मोरङको कानेपोखरी गाउँपालिका – २ घर भएका बिसिए कार्यक्रमको पहिलो समिस्टरमा अध्ययनरत सुवेदी काठमाडौं डियरवाक इन्च्युट अफ टेक्नोलोजीले आयोजना गरेको डियर...

काेशी प्रदेश: चालू आबमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान

विराटनगर, ३२ जेठ । काेशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेकाे छ । आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्ताे अनुमान गरेका हुन्...

मेयर पराजुलीले गरे वडा कार्यालय उद्घाटन

विराटनगर, जेठ ५–विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले वडा नं. ११ को नव निर्मित कार्यालय भवनको सोमबार उद्घाटन गरेका छन् । मेयर पराजुलीले पिछरामा एक कठ्ठा नौ धुर जग्गामा ८५ लाख रुपैयाँको लागतमा निर्माण भएको वडा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्