रोटरी क्लब अफ विराटगर डाउनटाउनद्वारा मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर

 न्यूज विराट
रोटरी क्लब अफ विराटगर डाउनटाउनद्वारा मस्तिष्क पक्षाघात भएका बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, ८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मस्तिष्क पक्षाघात (सेरेब्रल पाल्सी) भएका बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विराटनगर आदर्श उच्च मा.वि स्थित रोटरी भवनमा क्लबले मस्तिष्क पक्षाघातबाट पीडित बालबालिकहरुका लागि स्वास्थ्य शिविर आयोजना गरेको हो ।

सेल्फ हेल्प ग्रुप सेरेब्रल पाल्सी (एसएचजीसीपी) ले सीपी डे केयर सेन्टरका १२ बालबालिकाको स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा स्विजरल्याण्डका बालरोग विशेषज्ञ बर्नहार्ड स्मिथ, काठमाडौंको चिकित्सा टोलीले बाल रोग विशेषज्ञ डा. प्रज्ञा कर्माचार्य राजभण्डारी, अभा ढुंगाना, ईईजी प्राविधिक मनोज शाह, फिजियोथेरापिस्टलगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।

स्वास्थ्य परिक्षण पछि पीडित बालबालिकाका अभिभावकलाई औषधी र आवश्यक स्वास्थ्य परामर्श समेत दिइएको थियो ।

शिविरमा क्लबकी चार्टर प्रेसिडेन्ट तथा सीपी समिति अध्यक्ष रोटरियन डा. ममता वर्मा, रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैन, सचिव अनिता सारडा, सेवा समिति परियोजना अध्यक्ष गिरिजा सारडालगयत क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित समाचार

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

आजदेखि प्रधानमन्त्री ओलीलाई तरल तथा नरम आहार

काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आज दोस्रो दिन अपेक्षाकृत सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न...

आज काठमाडौंका ४८ जनासहित उपत्यकाका ५३ जनामा कोरोना पुष्टि

काठमाडौं, १३ साउन-अघिल्ला दिनमा भन्दा आज उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मंगलबार उपत्यकाका ३ जिल्लामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको...

ताजा जनादेशमा जानु बाध्यकारी विकल्प हो : विष्णु पौडेल

उपप्रधानमन्त्री विष्णु पौडेलले ताजा जनादेशमा जानु बाध्यकारी विकल्प भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा...

प्रस्तावित रतुवामाई जेसीसले सुरु गर्यो ‘हरित नगरी’ अभियान

विराटनगर, साउन ९–सामाजिक क्षेत्रमा कृयाशिल रतुवामाई जेसिसले मोरङको रतुवामाई नगरपालिकामा ‘हरित नगरी’ अभियान सुरु गरेको छ । प्रस्तावित रतुवामाई जेसिसले ‘किप क्लिन एण्ड ग्रिन रतुवामाई’ भन्ने मुल नाराका साथ नगर क्षेत्रका किसानलाई बृक्षारोपणका लागि विभिन्न...

सिजनमै किसानले मल बीउको अभाव झलेको भन्दै सरकारको ध्यानाकर्षण

विराटनगर, जेठ १५-प्रदेश १ मा  बाली लगाउने सिजनमा किसानहरूले मल र वीउको अभाव झेल्नुपरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार संसद बैठकको शून्य समायमा बोल्ने सांसदहरूले उन्तजातको वीउ र रासायनिक मलको अभाव अन्त्य...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

नागरिक अगुवाले भने-सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन, निकास खोज

काठमाडौं, माघ २६ । नागरिक अगुवाहरुले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन राजनीतिक दलहरुलाई अपील गरेका छन् । सापकोटाले सभामुख पदमा बसेर निष्पक्ष र निर्विवाद भूमिका निर्वाह नगरेको, संविधान र कानुनका व्यवस्थाभन्दा बाहिरबाट कार्यकारी अधिकारको अभ्यास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्