ताजा जनादेशमा जानु बाध्यकारी विकल्प हो : विष्णु पौडेल

 न्यूज विराट
ताजा जनादेशमा जानु बाध्यकारी विकल्प हो : विष्णु पौडेल

उपप्रधानमन्त्री विष्णु पौडेलले ताजा जनादेशमा जानु बाध्यकारी विकल्प भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा जानु परेको उनको जिकिर थियो ।

शनिबार बुटवलमा कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देस्यीय आयोजना कार्यालयको उद्घाटन गर्दै पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै संसद विघटन गरी निर्वाचनको मिति तोकिएको बताए । उनले सबैलाई निर्वाचनमा आउन आह्वान पनि गरे ।

सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै पौडेलले निर्वाचनअगावै सबैलाई खोप लगाइने दाबी गरे ।

‘विभिन्न देशका खोप उत्पादकहरूसँग सम्वाद, समन्वय गरेर खोप ल्याउँछौँ र निर्वाचनअघि सबै जनतालाई खोप लगाएर निर्वाचनमा जाँदा मास्क खोलेर मतदान गर्ने वातावरण मिलाउँछौँ,’ उनले भने ।

सम्बन्धित समाचार

पार्टी भनेको गडगडाउने खोलाजस्तो हुनुपर्छः प्रचण्ड

काठमाडौं, फागुन १५–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भनेको गडगडाहट तरिकाले बग्ने खोलाजस्तो हुनुपर्ने बताएका छन् । बिहीबार राजधानीमा नेकपाको बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले भने, ‘कम्युनिस्ट...

एच.पी.भी. विरुद्ध खोप अभियान सुरु, कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

विराटनर । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरू भएको छ । विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप पाइलटका...

हिमालय दर्शन कलेजमा हाजिरिजवाफ प्रतियोगिता

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा हाजिरिजवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । कलेजमा अध्ययरत विद्यार्थीहरूको समूह बनाएर प्रतियोगिता आयोजना गरिएको थियो । जसमा...

कार्यदलका नेताहरू ओली-प्रचण्ड भेट्दै

काठमाडौं, २१ कात्तिक-नेकपाभित्र विवाद चर्किदै गएपछि दोस्रो तहका केही नेताहरू सक्रिय हुने प्रयासमा लागेका छन् । नेकपा सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधानको सुझाव कार्यदलका सदस्यहरू सक्रिय हुन लागेका हुन् ।  अध्यक्षद्वय  केपी शर्मा...

प्रदेश १ का बिभिन्न ठाँउमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ५ जना घाईते

विराटनगर, १ असोर ।हिजो १ नम्बर प्रदेशको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा...

सुरकेशमा भेटियो स्रोत नखुलेको १२ लाख, विराटनगरबाट दुई भारतीय नागरिक पक्राउ

विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९...

कोरोनाभाइरसको मनोवैज्ञानिक असर समाधान गर्न परामर्श कार्यक्रम

पोखरा, जेठ २५-गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना संक्रमणको रोकथाम र...

मेलम्चीको काम जारी, फिनिसिङ कार्य अन्तिम चरणमा

काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्