आज काठमाडौंका ४८ जनासहित उपत्यकाका ५३ जनामा कोरोना पुष्टि

 न्यूज विराट
आज काठमाडौंका ४८ जनासहित उपत्यकाका ५३ जनामा कोरोना पुष्टि

काठमाडौं, १३ साउन-अघिल्ला दिनमा भन्दा आज उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मंगलबार उपत्यकाका ३ जिल्लामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भक्तपुरका १ जना, ललितपुरका ४ जना र ४८ जना काठमाडौंका रहेका छन् । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ र काठमाडौंका ११ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौं ९, ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ जना, शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप २१ जना, स्टार अस्पताल सानेपामा ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको उनले बताए । आज देशभर ३११ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...

‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् । हत्या आरोपमा विराटनगर–११ घर...

प्रदेश २ मा  आज ८२ जना कोरोना संक्रमित थपिए

जनकपुर, १९ जेठ-प्रदेश २ का विभिन्न जिल्लामा गरी आज ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको राजगढ़ गाउँपालिकाका १२ जना पुरुष छन् । काठमाडौँको जनस्वास्थ्य...

जनता क्याम्पसको आइसोलेसनबाट ३७ जना डिस्चार्ज

विराटनगर, ९ भदौ-मोरङको रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट मंगलबार ६ महिने शिशु र एक गर्भवती महिलासहित एकैदिन ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । सो आइसोलेसन केन्द्रमा उपचारपछी मंगलबार एकै दिन रंगेली नगरपालिकाका...

अमेरिकामा बेरोजगार भत्ताका लागि ३ करोड ६० लाखले भरे फाराम

एजेन्सी, जेठ १-अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाख बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो २ महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये...

विराटनगरका दिलिप सुवेदी ५१ दिनदेखि वेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको माग

विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् । टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी...

पछिल्लो २४ घण्टामा मोरङमा १९५ सहित प्रदेश १ मा ४८१ संक्रमित थपिए

विराटनगर, १ कात्तिक–कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा तीन, मोरङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या...

कोशीमा सुत्केरीको मृत्यु, विरामीको आफन्तद्धारा अस्पतालमा नाराबाजी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा मोरङ धनपालथान गाउँपालिका ३ का १८ बर्सिया सुलेखा मण्डलको आज राती मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्