पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

 न्यूज विराट
पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

फुङ्लिङ, ६ कात्तिक-दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् ।
कोरोना भाइरस सङ्क्रमण जोखिमका बीचमा पनि भारतको सिक्किम, दार्जिलिङलगायत ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।
दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनभित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको प्रहरी चौकी फेदीले जनाएको छ । यस अवधिमा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् । दसैँपछि अहिले पनि पाथीभरामा भक्तजन आउने क्रम जारी रहेको समितिले जनाएको छ ।
पाथीभरा दर्शनका लागि दसैँ, तिहारको समयलाई मुख्य मौसम मानिन्छ । यही मौसममा देशविदेशबाट उल्लेख्यरूपमा भक्तजन पाथीभराको दर्शन गर्न आउने गर्दछन् । गत वर्षको दसैँ, तिहारमा भने कोभिड–१९ का कारण पाथीभरा दर्शन बन्द गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमणको अवस्था न्यून रहेकाले मुख्य मौसमलाई लक्षित गरी गत असोज १ गतेदेखि पाथीभरा दर्शन खुला गरिएको थियो ।

सम्बन्धित समाचार

एमाले कोशी प्रदेशको अधिवेशन : तीन घण्टा ढिलो गरी सुरु भयो मतगणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी पाँच बजेबाट सुरु भएको हो। ७स्थान...

जोनल फुटसलको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जित्यो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोट्रयाक्ट क्लब अफ विराटनगर डाउनटाउनद्वारा संयुक्तरुपमा आयोजित जोनल फुटसल प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लब अफ नोबेल मेडिकल कलेजले जितेको छ ।  युवा दिवसको अवसर शनिबार विराटनगर शनिहाटस्थित स्पोर्टस्...

शेयर बजारलाई प्राथमिकता, कर्जाको सीमा ७० प्रतिशत पुग्यो

काठमाडौं, २ साउन-नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर धिर्तो कर्जाको सीमा ७० प्रतिशत पुर्‍याएको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक नीति तथा कार्यक्रममार्फत राष्ट्र बैंकलेशेयर धितो कर्जाको सीमा ५ प्रतिशतले बढाएको जानकारी गराएका हुन् ।...

प्रचण्ड-माधव समूहले ओलीसँग स्पष्टीकरण माग्ने, विष्णु पौडेललाई कारबाही गर्ने

काठमाडौं, २ माघ-नेकपाको प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै ओलीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको...

हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना

रोटरी इन्टरशनेशनल २०२१/२२ को प्रेसिडेन्ट र प्रथम महिला चयन हुनुभएकोमा रोटरियन शेखर मेहता र रोटरियन राशी मेहता ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । साथै प्रथम महिला राशी मेहता रोटरी क्लब अफ...

क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन्...

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं, १८ पुस । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ।नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग गरेको हो।नयाँ माग अनुसार १२० जना खुला,...

मल कारखानाको सम्भाव्यता अध्ययनका लागि तीन सदस्य समिति गठन

काठमाडौं, २७ कात्तिक-सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावमा स्वेदशमा मल कारखाना खोल्ने सम्बन्धमा अर्थमन्त्रीको नेतृत्वमा उद्योगमन्त्री र कृषि मन्त्रीसहितको तीन सदस्यीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्