प्रचण्ड-माधव समूहले ओलीसँग स्पष्टीकरण माग्ने, विष्णु पौडेललाई कारबाही गर्ने - News Birat

प्रचण्ड-माधव समूहले ओलीसँग स्पष्टीकरण माग्ने, विष्णु पौडेललाई कारबाही गर्ने

न्यूज विराट

काठमाडौं, २ माघ-नेकपाको प्रचण्ड-माधव समूहको स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै ओलीलाई स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।

बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको बैठकपछि नेता भीम रावलले जानकारी दिए ।

यस्तै, बैठकले आगामी १६ माघमा काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदमा नियुक्ति गर्ने र एकताका बाँकी कामलाई पनि टुंगो लगाउने  निर्णय गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles