नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

 न्यूज विराट
नेकपा (एमाले) मोरङको एकै पटक  १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

शनिबार हुने वडा अधिवेशनबाट पार्टीका वडा कमिटीहरु निर्वाचित हुनेछन् भने पालिका अधिवेशनका लागि प्रतिनिधिहरु पनि छानिने छन् । नेकपा एमालेले कात्तिक ९ गते पालिकाहरुको अधिवेशन सम्पन्न गर्दैछ ।

मोरङका १७ स्थानीय तह र त्यस अन्तरगतका १५९ वटा वडाहरुमा २५ हजार पार्टी सदस्य रहेको र वडा अधिवेशनहरुमा सबै पार्टी सदस्यहरु प्रत्यक्ष सहभागी भएर कमिटीहरु निर्वाचित गर्ने अध्यक्ष पोखरेलले जानकारी दिए ।

सुनसवर्षी नगरपालिका ६ बाढीबाट बढी प्रभावित भएकोले केही दिनपछि वडा सम्मेलन हुने पोखरेलले जानकारी दिए । नेकपा एमालेले पार्टी सदस्य न्यून भएका पालिकाका वडाहरुमा पाँच जना बराबर एकजना र बढी सदस्य भएका पालिकामा १० जना बराबर एक जना पालिका प्रतिनिधि निर्वाचित गर्ने अध्यक्ष पोखरेलले जानकारी दिए ।

यस्तै महिला, दलित, अल्पसंख्यक लगायत समावेशी प्रतिनिधित्वका लागि तीन जना बराबर एक जना प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था रहेको उनले बताए । यसैगरी गाउँ तथा नगरपालिकाका वडाहरुमा बढीमा ३१ सदस्यीय र महानगरका वडामा बढीमा ५१ सदस्यीय कमिटी गठन हुने उनले बताए ।

सम्बन्धित समाचार

यातायात व्यवसायीका समस्या समाधान गर्न तत्काल राहतको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, १ साउन-यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । आज बिहान प्रचण्ड निपास खुमलटारमा भएको भेटमा व्यवसायीले कोभिड-१९ पश्चात...

रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान ४ का २७ वर्षीया युनेश राई रहेका...

सीमावर्ती भारतीय बजारमा २ सय ३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति...

मेरिल्याण्ड कलेजले मनायो २० औं वार्षिकोत्सव

विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि...

भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर...

प्रदेश १ को दशौं तथा बजेट अधिवेशन आजदेखि सुरु

विराटनगर, १६ जेठ । प्रदेश १ प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । सोमबार ११ बजेपछि सुरु भएको बैठकमा प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन आव्हान सम्बन्धी पत्र सभामुख प्रदिपकुमार भण्डारीले पढेर सुनाएका...

उपत्यकामा आज १ हजार ५ सय ३३ जनामा कोरोना पुष्टि

काठमाडौं, २३ कात्तिक-शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय २ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १ सय ६२ जना हुन् ।   स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्