काठमाडौं, २३ कात्तिक-शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय २ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १ सय ६२ जना हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज २ हजार ८ सय १७ संक्रमित थपिएका छन् । योसँगै संक्रमित कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।