
काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, काठमाडौंमा ४६६६, ललितपुरमा १०१९ र भक्तपुरमा ५७८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।