पाँचथरको पहिरोमा परी २१ को मृत्यु, मिक्लाजुङका मात्रै १५ जनाको ज्यान गयो

 न्यूज विराट
पाँचथरको पहिरोमा परी २१ को मृत्यु, मिक्लाजुङका मात्रै १५ जनाको ज्यान गयो

पाँचथरमा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै ६ जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ । यहाँ थप दुई जना बेपत्ता छन् । यस्तै फिदिम नगरपालिकामा दुई, फाल्गुनन्द गाउँपालिकामा तीन र कुम्मायक गाउँपालिकामा एक जनाको पहिराले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए।

घाइतेहरूको हेलिकोप्टरमार्फत समेत उद्धार कार्य चलिरहेको र टेलिफोन सम्पर्क हुन नसकेका कारण घटनाबारे विस्तृत विवरण प्राप्त हुन नसकिरहेको उनले बताए ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले धेरै मानिस बेपत्ता रहेको र उद्धार तथा खोजी जारी रहेको बताएका छन् ।

अविरल वर्षाका कारण टेलिफोन सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत विवरण प्राप्त भएको छैन । वर्षाकै कारण मेची राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । सुरक्षा निकाय उद्धारमा खटिएकाले राजमार्ग तत्कालै खुल्नसक्ने अवस्था छैन । यहाँ हिजोदेखि निरन्तर वर्षा भइरहेको छ ।

सम्बन्धित समाचार

मूर्तिचोरीमा सजाय भोगेका कार्चेन पर्यटनमन्त्री नियुक्त

सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । आज साँझ नवनियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुभएको हो । शपथ लिनेहरूमा गैरसांसद तथा मूर्तिचोरीको कसुरमा जेल सजाय भोगेका छिरिङ...

महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुँदै, आधा दर्जन टिमको सहभागि

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट बिथआउट बाउन्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । विराटनगर...

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

काठमाडौँ, ११ पुस-नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको छ । कांग्रेसले संसद् विघटनविरुद्ध...

रोटरी क्लबको साक्षरता अभियान

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, भर्ना लिन मङ्गलवार प्रवेश परीक्षा

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेज गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । दक्ष, एवं योग्य प्राध्यापक र शिक्षकहरूबाट पठनपाठन हुने कान्तिपुर अहिले विद्यार्थीको पहिलो रोजाइको केन्द्रमा पर्ने गरेको हो । विज्ञान,...

मुख्यमन्त्री कार्कीले शनिबार लिने विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिवार विश्वासको मत लिने भएका छन् ।प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२...

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकाएर शीर्ष नेताले जवाफ दिने

काठमाडौं, १६ असोज । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुँदैछ । विभिन्न...

अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण

जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्