१०३ घर परिवारलाई एउटै मात्र धारो !

 न्यूज विराट
१०३ घर परिवारलाई एउटै मात्र धारो !

गलेश्वर,२८ असोज-देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको वसोवास छ । ती परिवारका चारसय भन्दा बढी सदस्यले गाँउका बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौ बितिसकेको छ ।

सो गाउँमा दलितको मात्रै वस्ती रहेको छ । सो गाउँमा विहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुनेगरेको बताइएको छ । अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरुलाई सास्ती हुनेगरेको ६८ वर्षिया कालिका दर्जीले गुनासो गर्नुभयो ।“बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ”, बुधबार दिउँसो धारामा पानी भर्न आउनुभएका उहाँले भन्नुभयो “११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ,त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।”

उहाँको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् । एक गाग्री पानी भर्नको लागि एक घण्टा नै लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय महिला पार्वती दर्जीले गुनासो गर्नुभयो । “घरको अरु काम गर्नै भ्याइदैन,विहान धारामै वित्छ,काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरुलाई खाना पकाएर खुवाउन ढिला हुन्छ,अनि गाली आफूले खानुपर्छ” उहाँले भन्नुभयो “अरु गाउँका घरघरमा धारा छन्,हाम्रो गाउँमा गाउँभरीकै मान्छेका लागि जम्मा एउटा धारो छ ।”

यस गाउँमा पानीकै कारण झगडा समेत हुने गरेको पुलाचौरका बुद्धिजीवि शिब बानियाँले जानकारी दिनुयो । “एउटा मात्रै धारो,१०३ घर परिवार,पानी भर्नका लागि तछाँडमछाड त हुने नै भयो, अनि शुरु हुन्छ झगडा,मेरो पालो भन्दै एक जना अघि बढे पछि अर्को पछि हट्ने कुरै भएन,सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ ।

यहाँ पानीकै कारण दैनिक झगडा समेत हुने गरेको छ ” उहाँले भन्नुभयो । बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट खुब मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा यामबहादुर दर्जीले बताउनुभयो ।

“हामी जहिल्यै पनि राजनीतिक दलहरुका लागि भोट बैंकको रुपमा प्रयोग भयौं,दलित भएकै कारण सवै राजनीतिक दलहरुबाट हेपिदै आएका छौं,अहिलेसम्म चुनावको बेला आश्वासन बाहेक अरु केही पाउन सकेनौं” उहाँले भन्नुभयो “चुनाव सकियो भने यो गाउँमा नेताहरुले नाकमुखै देखाउँदैनन् ।” जिल्ला स्थित राजनीतिक दलहरुले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिहरुले समेत यस गाउँलाई वेवास्ता गर्ने गरेको उनीहरुको आरोप रहेको छ ।

“हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको बेला बाहेक अरु समयमा हामीलाई फर्केर पनि हेर्दैनन्,खानेपानी र मोटरबाटोको मर्मतका लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौं तर सुनेको नसुन्यै गरे” स्थानीयवासी लालबहादुर परियारले भन्नुभयो ।बेनी नगरपालिकाले खानपानी समस्या समाधान गर्न उच्च प्राथमिकता दिएको जनाएको छ ।

वडा नंका ५ का वडाध्यक्ष लक्ष्मण बानियाँले भन्नुभयो,“पुरण्यमा खानेपानीको समस्या छ, तर खानेपानीको स्रोतका अभावमा त्यो समस्यालाई सम्बोधन गर्न सकिएको छैन उहाँहरुलाई वेवास्ता गरेको भन्ने कुरै आउँदैन,श्रोतको खोजी भैरहेको छ, केही समय पछि उहाँको समस्या समाधानका लागि प्रयास शुरु हुने छ । ”

सम्बन्धित समाचार

वडा स्तरीय नकाउट फुटबल, विराटनगर ११ र १२ फाइनलमा भिड्दै

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराटनगर १६ नम्बर वडालाई २–० गोलले हराउँदै विराटनगर १२ फाइनलमा पुगेको हो...

दादुरा–रुबेलाको खोप अभियान, विराटनगरमा ५५ हजार बालवालिकालाई खोप लगाउने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । अभियानभरीमा महानगरपालिका भित्र ५५ हजारलाई खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा...

विकासका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरूको काम...

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

विराटनगरमा च्याम्पियनस कराते एकेडेमी संचालनमा

विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो । बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय...

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यस प्रकारको घटना सार्वजनिक भएको हो । रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर...

तीन जना दाजुभाईले ६० लाखमा खोले ‘नाइस बिरयानी’

विराटनगर । तीन जना दाजुभाइ मिलेर मोरङको धनपालथान गाउँपालिका – ६ कदमाहास्थित नाइस बिरयानी एण्ड फेमेलि होटल संचालनमा ल्याएका छन् । करिब ६ लाख बढीको लगानीमा उक्त होटल शुक्रबारदेखि संचालनमा ल्याएका हुन् । होटलको उद्घाटन...

मोरङ कारागारका एक कैदीको मृत्यु

विराटनगर १० भदौ–विराटनगरस्थित कोशी अस्पतालमा बुधबार मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ । कारागारमा कैद भुक्तान गर्दै आएका विराटनगर ४ का २६ वर्षीय निराजन यादवको मृत्यु भएको हो । क्षयरोगका विरामी रहेका उनमा स्वाश्वप्रश्वासमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्